बिहीबार, बैशाख ३१,२०८३ 07:09:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखर इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, शिखर इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूक ५४.०४ अंकले बढेर २३४६४.६३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् ।

जीवन बीमा समूह २.१८ प्रतिशत र निर्जीवन बीमा समूह ३.३४ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ५.४८ प्रतिशतले बढेर ७८० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, नेपाल लाइफको ४.७६ प्रतिशत, आरबीसीएलको ४.१२ प्रतिशत, सानिमा जिआइसीको ३.७४ प्रतिशत, युनाइटेड अजोडको ३.७१ प्रतिशत, सगरमाथा लुम्बिनीको ३.५२ प्रतिशत, हिमालयन एभरेष्टको ३.४० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.३२ प्रतिशत, सुर्यज्योति लाइफको ३.०६ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ३.०५ प्रतिशत, रिलायबल नेपाल लाइफको २.९७ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.७२ प्रतिशत, एशियन लाइफको २.६० प्रतिशत र आइएमई लाइफको २.५९ प्रतिशतले सेयरभाउ बढेको छ । 

सन नेपाल लाइफको २.२८ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७६ प्रतिशत, नेशनल लाइफको १.६७ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशत, नेको इन्स्योरेन्सको १.४० प्रतिशत, हिमालयन लाइफको १.३९ प्रतिशत, सिटिजन लाइफको ०.५३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४१ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.३४ प्रतिशतले सेयरभाउ बढेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.