शुक्रबार, जेष्ठ १,२०८३ 02:27:39
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:27:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६ कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ

Laxmi Sunrise Bank Limited
६ कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५५ प्रतिशत र निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ । आज ६ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.७७ प्रतिशलते बढेर १७ हजार ९८ रपैयाँ पुगेको छ । त्यस्तै, सिटिजन लाइफको १.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४० प्रतिशत, नेपाल लाइफको ०.२० प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । 

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७२ प्रतिशतले घटेर ४६५ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.७८ प्रतिशत, हिमालयन एभरेष्टको १.४३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.३९ प्रतिशत, एलआइसी नेपालको १.२६ प्रतिशत, नेपाल रि को १.१६ प्रतिशत, युनाइटेड अजोडको १.०७ प्रतिशत, एशियन लाइफको १.०४ प्रतिशत, हिमालयन लाइफको ०.९४ प्रतिशत, नेशनल लाइफको ०.८३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७८ प्रतिशत, सानिमा जिआइसीको ०.७२ प्रतिशत, सन नेपाल लाइफको ०.६९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.३४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३३ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०५ प्रतिशत र शिखरको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X