IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 04:36:52
IME remit
Global IME Bank Limited

८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आाएको छ । नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.६२ प्रतिशत र निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज जम्मा ८ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ०.७८ प्रतिशतले बढेर १३९५.९० रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल लाइफको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, एशियन लाइफको ०.५२ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.५० प्रतिशत, नेशनल लाइफको ०.३१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०२ प्रतिशतले घटेर ४८५ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यसका साथै प्रभु महालक्ष्मी लाइफको १.८६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.८५ प्रतिशत, आइएमई लाइफको १.७६ प्रतिशत, हिमालयन लाइफको १.५८ प्रतिशत, सिटिजन लाइफको १.५५ प्रतिशत, सानिमा जिआइसीको १.१० प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.०५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.९६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८५ प्रतिशत, सुर्यज्योति लाइफको ०.८२ प्रतिशत, युनाइटेड अजोडको ०.८२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.५९ प्रतिशत, आरबीसीएलको ०.५८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५६ प्रतिशत, हिमालयन रि को ०.५३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.३५ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको ९ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पनि ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.