बिहीबार, बैशाख ३१,२०८३ 07:13:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
आइएमई लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०।३३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०।४९ प्रतिशतले घटेको छ ।  

बीमा समूहहरु घटेपनि आज ४ वटा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.४३ प्रतिशतले वृद्धि भएर ५५३ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, आरबीसीएलको १.०९ प्रतिशतले वृद्धि भएर १३ हजार १९५ रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४२ प्रतिशतले वृद्धि भएर ५७८.५० रुपैयाँ र एशियन लाइफको ०.०२ प्रतिशतले बढेर ५५५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज सर्वाधिक नेपाल रि इन्स्योरेन्सका सेयरधनीले गुमाएका छन् । कम्पनीको सेयरभाउ ३.१४ प्रतिशतले घटेर ७३६.१० रुपैयाँ कायम भएको छ ।  

यसका साथै सलिकोको २.०४ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.४८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१४ प्रतिशत, नेको इन्स्योरेन्सको १.१४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१३ प्रतिशत, हिमालयन रि को १.०९ प्रतिशत, नेशनल लाइफको १.०८ प्रतिशत, हिमालयन लाइफको १.०५ प्रतिशत, सिटिजन लाइफको ०.८९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८७ प्रतिशत, शिखरको ०.८६ प्रतिशत, सन नेपाल लाइफको ०.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५६ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.४५ प्रतिशतले सेयरमूल्य घटेको छ ।  

त्यस्तै, एलआइसी नेपालको ०.३० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.२६ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ०.०४ प्रतिशतले घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी परेका छन् । सर्वाीधक सुर्यज्योति लाइफको ६ करोड ५० लाख, हिमालयन रि को ६ करोड ३१ लाख रुपैयाँ र आइएमई लाइफको ४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.