आईतवार, असार १५,२०८२ 10:10:43
  • आईतवार, असार १५,२०८२ 10:10:43
Global IME Bank Limited

उच्च अंकको वृद्धिका साथ नेप्सेको बाउन्सब्याक, ‘नयाँ लगानीकर्ता र पैसाका कारण बजारको अपट्रेण्ड कायमै’

Hyundai Nepal
उच्च अंकको वृद्धिका साथ नेप्सेको बाउन्सब्याक, ‘नयाँ लगानीकर्ता र पैसाका कारण बजारको अपट्रेण्ड कायमै’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात १०८.३५ अंकले बढेर २ हजार ७५९.६७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.०६ प्रतिशतले बढेर ४८३.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘अघिल्लो दिन बजार अन्तराष्ट्रिय र केही आन्तरिक कारणले घटेको थियो । तर आज बजारले पुनरागमन गर्दै अघि बढेको छ । बजारमा नयाँ लगानीकर्ता र पैसा आएका कारण बजारमा बढोत्तरी आएको छ ।’

यसले बजार केही अंक अझै माथि नै जान सक्ने थापाले बताए ।  

अर्का बजार जानकार उपेन्द्र पाठकको विचारमा हिजोको करेक्सनपछि आज बजारमा गतिलो बाउन्सब्याक भएको छ । यसका साथै बजारलाई भोल्युम र कारोबारले समेत साथ दिएको छ । ‘अहिले बजारमा तरलता फालाफाल र सेयर सस्तो भएका कारण सानो तिनो करेक्सन हुँदै बजारले गति लिएको देखिन्छ । माग र आपूर्तिले चल्ने बजारमा आज मागपक्ष बलियो बनेका कारण वुद्धि देखिएको हो ’ उनले भने ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक अर्थात ७.८९ प्रतिशतको उछाल आयो । यस्तै आज बैंकिङ समूह २.३२ प्रतिशत, विकास बैंक ४.५१,वित्त ७.६३,होटल ५.१३,हाईड्रो ५.७२,लगानी ३.८९,जीवन बीमा ३.९७,उत्पादन तथा प्रशोधन ३.५३,लघुवित्त २.१७,म्युचुअल फण्ड १.०१,निर्जीवन बीमा ३.०८ र व्यापार समूह ५.५३ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार  भयो । यो कम्पनीको आज १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भयो । यस्तै आज नेपाल फाइनान्सको ६५ करोड ५५ लाख, सानिमा माई हाईड्रोको ५५ करोड ७३ लाख,शिवम् सिमेन्टको ४६ करोड २१ लाख र चिलिमे हाईड्रोको ३५ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु),गुडविल फाइनान्स,समृद्धि फाइनान्स,प्रोग्रशिभ फाइनान्स,नेपाल पुनर्बीमा,मैलुङ खोला जलविद्युत,दोल्टी पावर,सिटी होटल,हिमालयन रि इन्स्योरेन्स,सेन्ट्रल फाइनान्स,कुथेली बुखरी स्मल हाईड्रो,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक,मकर जितु माया सुरी हाईड्रो,एनआरएन इन्फ्रास्ट्रक्चर,कर्णाली डेभलपमेन्ट बैंक,चिलिमे हाईड्रो र श्री इन्भेष्टमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज एनआईसी एशिया डिबेञ्चर २०८३/८४ को सेयरमूल्य सर्वाधिक अर्थात ३.८२ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.