मंगलवार, आश्विन १३,२०८३ 04:27:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:27:25
Bizshala
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘राम्रा कम्पनी छनोट गर्ने समय यही हो, चाडपर्वपछि बजार उठ्न सक्छ’

Bizshala
सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘राम्रा कम्पनी छनोट गर्ने समय यही हो, चाडपर्वपछि बजार उठ्न सक्छ’
New Office

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज निर्जीवन बीमा समूह र अन्य समूह बाहेकका सबै समूहमा रातो रङ पोतिएको छ । निर्जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने अन्य समूह ०.१२ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्नेमा व्यापार समूह रहेको छ । यो समूह आज १.८७ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.१३ प्रतिशत, विकास बैंक समूह ०.४५ प्रतिशत, फाइनान्स समूह ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६५ प्रतिशत, हाइड्रो समूह ०.५२ प्रतिशत, लगानी समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशत र म्युचुअल फण्ड समूह ०.४३ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यो घटाई सामान्य रुपमा नै लिनुपर्छ । सरकारले पूँजीबजार सुधारको लागि राम्रो नीतिहरु ल्याएको छ । बजारमा सामान्य घटबढ देखिनु स्वभाविक हो र यसलाई सामान्य रुपमा नै लिनुपर्छ । लगानीकर्ताहरु अहिलेको समयमा अझैपनि ‘पर्ख र हेर’को अवस्थामा नै छन् । दीर्घकालिन लगानी गर्नका लागि यो उचित समय पनि हो । सूचीकृत विभिन्न कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्, यस्तो समयमा राम्रो कम्पनी छनोट गरी लगानी गर्दा उचित हुन सक्छ । सम्भवतः चाडपर्व सकिएलगत्तै बजारमा विस्तारै सुधार देखिन सक्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक सेयरभाउ बढ्नेमा आइसीएफसी फाइनान्सको डिबेञ्चर रहेको छ । कम्पनीको मूल्य ९.१८ प्रतिशतले बढेर १०५६ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सयपत्रि हाइड्रोको ६.७९ प्रतिशत, ७% नेपाल एसबीआई बैंक डिबेञ्चरको ६.४२ प्रतिशत, सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको ६.४२ प्रतिशत, सानिमा ग्रोथ फण्डको ३.८२ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड ३० को ३.६१ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.४६ प्रतिशत, मेन्छियाम हाइड्रोको ३.४० प्रतिशत, १०% प्रभु बैंक डिबेञ्चरको २.९७ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोको् २.९७ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक घट्ने स्टकमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ५.४४ प्रतिशतले घटेको छ ।  

त्यस्तै, आरबीबी म्युचुअल फण्ड–२ को ४.६७ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को ४.३९ प्रतिशत, धौलागिरी लघुवित्तको ४.२३ प्रतिशत, एपोलो हाइड्रोको ४.१४ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ४.०८ प्रतिशत, माण्डू हाइड्रोको ३.७२ प्रतिशत, कालिञ्चोक दर्शनको ३.०१ प्रतिशत, मातृभुमि लघुवित्तको २.९९ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको २.९८ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कारोबार गर्ने शीर्ष  १० कम्पनी  

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन डिष्टिलरी कम्पनी रहेको छ । यो कम्पनीको आजै २२ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

 त्यस्तै, शिवम् सिमेन्टसको १७ करोड २५ लाख, सिद्धार्थ बैंकको १६ करोड ५८ लाख, गरिमा विकास बैंकको १५ करोड १ लाख, हाथवे इन्भेष्टमेन्ट कम्पनीको १३ करोड ४० लाख, रिलायन्स स्पिनिङ मिल्सको १३ करोड २१ लाख, माउन्टेन इनर्जीको १२ करोड २२ लाख, मन्जुश्री फाइनान्सको प्रोमोटर सेयरको १२ करोड, लक्ष्मी सनराईज बैंकको ११ करोड ८९ लाख र ६.२५% प्राइम कमर्सियल बैंक डिबेञ्चरको ८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.