सोमबार, कार्तिक २,२०८३ 04:31:47
  • सोमबार, कार्तिक २,२०८३ 04:31:47
Global IME Bank Limited

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

Bizshala
२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १२ वटा समूहमा हरियाली छाएको छ भने एउटा समूह रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७७ प्रतिशत र निर्जीवन बीमा समूह १.२९ प्रतिशतले बृद्धि भएको छ । आज २३ वटा बीमा कम्पनीको सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६८ प्रतिशतले बृद्धि भई ८०६.३० रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.९१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.३१ प्रतिशत, रिलाबयल नेपाल लाइफको २.१८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.७९ प्रतिशत, सन नेपाल लाइफको १.६४ प्रतिशत, एशियन लाइफको १.५३ प्रतिशत, हिमालयन एभरेष्टको १.४४ प्रतिशत, शिखर इन्स्योरेन्सको १.४२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.०१ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.९० प्रतिशत, हिमालयन लाइफको ०.७९ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, एलआइसी नेपालको ०.६५ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.५८ प्रतिशत, आइएमई लाइफको ०.५७ प्रतिशत, युनाइटेड अजोडको ०.५५ प्रतिशत ०.५५ प्रतिशत, नेशनल लाइफको ०.३९ प्रतिशत, आरबीसीएलको ०.१८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१५ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०५ प्रतिशतले बढेको छ । 

यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ०.४१ प्रतिशतले घटेर ६७७.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.३७ प्रतिशत र सुर्यज्योति लाइफको ०.३६ प्रतिशतले सेयरभाउ घटेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.