सोमबार, श्रावण १८,२०८३ 11:41:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:46
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘चाडपर्वका कारण बजारले लिएन गति’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘चाडपर्वका कारण बजारले लिएन गति’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५३ प्रतिशत अर्थात १४.४३ अंकले घटेर २ हजार ६७७.६२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले घटेर ४७८.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालले चाडपर्वको कारणले नै बजारले गति लिन नसकेको बताए । यसको साथै, अझै पनि केही ठूला लगानीकर्ता मन खोलेर सेयर नकिन्दा र कारोबारीले छिटो–छिटो कारोबार गर्दा बजारले गति लिन नसकेको उनको तर्क रहेको छ । ‘राजनीतिक माहोल पनि प्रष्ट नहुनु र पूँजीबजारलाई सरकारले नीतिगत रुपमा नै सम्बोधन हुन नसक्नुले बजारले गति नलिएको हो,’ उनले भने ।

त्यसैगरी अर्का बजार जानकार उपेन्द्र पाठकले सबै बैंक तथा वित्तिय संस्थाको रिपोर्ट राम्रै आएको तर सबै लगानीकर्ताहरुले त्यसलाई बुझ्न नसक्दा बजारले अहिले गति लिन नसकेको तर्क राखे । यद्यपी तिहारपछि भने बजारले गति लिनेमा पाठक बिश्वस्त देखिए ।

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.५२ प्रतिशतले बढेर ६ हजार ८०३.८७ विन्दुमा पुग्यो ।  

निर्जीवन बीमा समूह पनि आज ०.४९ र व्यापार समूह ०.३२ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह आज ०.७२ प्रतिशत, विकास बैंक ०.४३,वित्त १.०१, हाईड्रो ०.३३, लगानी १.४१, जीवन बीमा ०.९८,उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त ०.१४,म्युचुअल फण्ड ०.७२ र अन्य समूह ०.७४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड १७ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै सानिमा जीआईको २६ करोड ५ लाख, सोल्टी होटलको २० करोड ९ड लाख, नेपाल फाइनान्सको १६ करोड ७७ लाख र स्ट्याण्डर्ड चाटर्ड बैंकको १५ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त, मिड सोलु हाईड्रो,अपर स्याङ्गे हाईड्रो ,कुथेली बुखरी स्मल हाईड्रो, सानिमा जीआईसी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै नेपाल फाइनान्सको सेयरमूल्य ७.१४ प्रतिशत,स्ट्याण्डर्ड चाटर्ड बैंकको ५.६५,बलेफि हाईड्रो ५.४६ र सोल्टी होटलको सेयरमूल्य ५.१३ प्रतिशतले बढ्यो ।  

आज जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ४.९० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि आज ४.८०, माथिल्लो मैलुङ खोला जलविद्युतको ४.५५ र माईखोला हाईड्रोको सेयरमूल्य ४.४५ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.