आईतवार, कार्तिक १,२०८३ 08:47:44
  • आईतवार, कार्तिक १,२०८३ 08:47:44
Global IME Bank Limited

थामिएन सेयर बजारको गिरावट, कारोबार रकम पनि खुम्चियो

Bizshala
थामिएन सेयर बजारको गिरावट, कारोबार रकम पनि खुम्चियो
New Office

काठमाण्डौ । पछिल्लो समय निरन्तर खस्किरहेको सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.२६ प्रतिशत अर्थात् ३४.६३ अंकले घटेर २ हजार ७०४.०८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले घटेर ४६१.०५ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टका १ करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २६ करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार बढ्नका लागि सकारात्मक आधारहरु बनेपनि पछिल्लो समय बजार निरन्तर घटिरहेको छ । सेयर लगानीकर्ताहरुको मनोबल घटेकाले बजार माथि उक्लिन सकिरहेको छैन । विशेषगरी नेप्से र धितोपत्र बोर्डले कोल्याटरल सम्बन्धि ल्याएको नयाँ व्यवस्थाले लगानीकर्ताहरु निरुत्साहित बनेका छन्, जसकारण पछिल्लो समय सेयर कारोबार खुम्चिँदै गइरहेको छ । यो अवस्थाले लगानीकर्ताहरु ब्रोकरकै पैसाले मात्रै कारोबार गर्ने बानी परेको हो त भन्ने प्रश्न पनि उठ्न सक्छ ।’

उनले भने, ‘सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि आयोग बनाएका छन्, यो विषयले पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताहरु अब सरकारको नीति तथा कार्यक्रमकै प्रतिक्षामा छन् । सेयरबजार सुधारका लागि दिगो हुने खालको नीति आउने लगानीकर्ताले अपेक्षा राखेका छन् । साथै बजेटमा पनि सरकारले अर्थतन्त्र सुधार्न र पूँजीबजारलाई दिगो बनाउने खालको बजेट ल्याउने आशा गरिएको छ । अहिले बजार सामान्य घटेपनि आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै बढ्यो । यो समूह आज ०.०२ अंकले बढ्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.५४ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ समूह ०.८६ प्रतिशत, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल १.३५, हाईड्रो २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, म्युचुअल फण्ड ०.६२, निर्जीवन ०.९३, अन्य ०.४० र व्यापार १.३८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक अर्थात ३१ करोड ३६ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९९ लाख, नेशनल हाईड्रोपावरको १५ करोड ५४ लाख, आँखु खोला जलविद्युतको १५ करोड १८ लाख र एनआईसी एशिया बैंकको ११ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज फर्वार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १५ प्रतिशतले बढ्यो ।

यस्तै झापा इनर्जीको सेयरमूल्य ७.९९ प्रतिशत, सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य २.९८ र एनआईसी एशिया ग्रोथ फण्ड–२ को मूल्य २.७९ प्रतिशतले बढ्यो ।  

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १२.५८ प्रतिशतले घट्यो । माईखोला हाईड्रोको सेयरमूल्य पनि आज ८.५९ प्रतिशत र नारायणी डेभलपमे्न्ट बैंकको सेयरमूल्य ८.५६ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.