बिहीबार, बैशाख ३१,२०८३ 07:12:28
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटै उपसूचक घटेका छन् । बीमा समूहका दुइवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४९ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४५ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्न बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.९८ प्रतिशतले घटेर १२६० रुपैयाँ कायम भएको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ३.२५ प्रतिशत, हिमालयन एभरेष्टको ३.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.१३ प्रतिशत, आरबीसीएलको २.८६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको २.६७ प्रतिशत, सुर्यज्योति लाइफको २.६७ प्रतिशत, हिमालयन लाइफको २.६६ प्रतिशत, एलआइसी नेपालको २.५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५६ प्रतिशत र नेशनल लाइफको २.५५ प्रतिशतले सेयरभाउ घटेको छ । यसका साथै सन नेपाल लाइफको २.४९ प्रतिशत, सानिमा जिआइसीको २.४१ प्रतिशत, युनाइटेड अजोडको २.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.३३ प्रतिशत, नेको इन्स्योरेन्सको २.२५ प्रतिशत, आइएमई लाइफको २.१२ प्रतिशत, शिखर इन्स्योरेन्सको २.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८४ प्रतिशत, एशियन लाइफको १.७६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५१ प्रतिशत र सिटिजन लाइफको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.