आईतवार, कार्तिक १,२०८३ 03:33:10
  • आईतवार, कार्तिक १,२०८३ 03:33:10
Global IME Bank Limited

कारोबार वृद्धिसँगै नेप्से परिसूचकमा सामान्य सुधार, जानकार भन्छन्, ‘अब बढ्ने संकेत देखियो’

Bizshala
कारोबार वृद्धिसँगै नेप्से परिसूचकमा सामान्य सुधार, जानकार भन्छन्, ‘अब बढ्ने संकेत देखियो’
New Office

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१७ प्रतिशत अर्थात ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले बढेर ४७५.५१ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३५४ वटा स्क्रिप्टका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३ करोड ६४ हजार बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ८५ करोड बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘सेयरबजार कुनै न कुनै ठाउँमा गएर बढ्नैपर्छ भन्ने लगानीकर्ताहरुको मान्यता हो । आजको बजार सामान्य बढाई मात्रै हो तर भोल्युमले साथ दिएका कारण बजार बढ्न सक्ने संकेत देखाएको छ । बजार यसअघि धेरै तल्लो विन्दुमा झरिसकेका कारण पनि आज सामान्य सुधार मात्रै देखिएको छ ।’

तर अन्य लगानीका क्षेत्रहरु खासै राम्रो नभएका कारण सेयरबजार नै लगानीको उपयुक्त सेक्टर मानिएको उनको तर्क छ । ‘बैंक तथा वित्तीय संस्थाहरुमा समेत सस्तो ब्याजदरमा कर्जा पर्याप्त पाइने अवस्था छ । बीचमा नयाँ सरकारको पोलिसी र गतिविधिका कारण सेयरबजारमा धक्का पुग्यो तर सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई सरकारले प्राथमिकता दिइएको देखिन्छ, जसकारण लगानीकर्ताहरु हतोत्साहित हुनुपर्ने अवस्था छैन । हामी बजेटको संघारमा छौ यसकारण आगामी आवको बजेट पूँजीबजारमैत्री हुन्छ भन्ने लगानीकर्ताहरु आशावादी छन्,’ उनले भने ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छायो भने ४ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.७३ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.२७ प्रतिशत, विकास बैंक ०.१३, हाईड्रो ०.०६, लगानी ०.५८, जीवन बीमा ०.६८, लघुवित्त ०.२९, म्युचुअल फण्ड ०.३९ र निर्जीवन बीमा ०.५४ प्रतिशतले बढ्यो ।

उत्पादन तथान प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४३ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.३८ प्रतिशत, होटल ०.२४ र अन्य ०.३० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ७१ करोड २२ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको ४३ करोड २७ लाख, नेशनल हाईड्रोपावरको ३२ करोड १५ लाख, अपि पावरको २० करोड ८५ लाख, र ङादी ग्रुप पावरको १५ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आज बुङ्गल हाईड्रोको सेयरमूल्य १३.३७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ८.५२ र आँखुखोला जलविद्युतको सेयरमूल्य ३.९३ प्रतिशतले बढ्यो ।

यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.९३ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.