आईतवार, असार १५,२०८२ 10:18:58
  • आईतवार, असार १५,२०८२ 10:18:58
Global IME Bank Limited

३ वर्षपछि नेप्से पुनः३ हजार विन्दुमाथि, कारोबार झण्डै ३० अर्ब

Hyundai Nepal
३ वर्षपछि नेप्से पुनः३ हजार विन्दुमाथि, कारोबार झण्डै ३० अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ५३५.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार हालसम्मकै उच्च हो । यसअघि गत साउन २८ गते हालसम्मकै उच्च कारोबार भएको थियो । त्यसदिन २७ अर्ब २४ करोड बढीको कारोबार भएको थियो ।  

परिसूचक पनि ३ वर्षपछि ३ हजार विन्दुमाथि पुगेको छ । यसअघि २०२१ को अगस्टमा नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘ यतिबेला अन्य क्षेत्रको पैसा पनि सेयर बजारमा आएका कारण बजारमा चमक आईरहेको छ । प्रत्येक दिन कारोबार रकम पनि बढिरहेको छ । यसको मुख्य कारण राष्ट्र बैंक र सरकारको लचक नीति हो । अहिले घरजग्गा र उद्योग क्षेत्र नचलेका कारण त्यहाँको पैसा बजारमा आएको छ । ’

सरकारले पूँजीगत लाभकरको लक्ष्य १८ अर्ब हाराहारी राखेको भएतापनि १ खर्ब भन्दा बढीको राजश्व उठ्ने देखिएको उनले बताए । बजारको अवस्था हेर्दा र आज वाणिज्य बैंक पनि चलेका कारण बजारले छिट्टै अल टाइम हाई ब्रेक गर्ने पाठकले दाबी गरे ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,‘ बजार इन्ट्रा डे करेक्सन हुँदै अघि बढिरहेको छ । बजारले किन्ने बेच्ने दुवैलाई मौका दिएको छ । सेक्टर रोटेशन हुँदै बजारमा उत्साह बढेको छ । यस कारण बजार चाडै नै अल टाइम हाईको बाटोमा देखिन्छ ।’    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.६५ प्रतिशतले बढेर १ हजार ६८४.९३ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह १.२८ प्रतिशत, होटल ०.३२, हाईड्रो ०.७९, लगानी २.६९,म्युचुअल फण्ड २.२८,निर्जीवन बीमा ०.९४ र व्यापार समूह १.८१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार  भयो । आज यो कम्पनीको ९१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो । यस्तै सानिमा माई हाईड्रोको ८३ करोड २३ लाख, अपि पावरको ६५ करोड,कुमारी बैंकको ६१ करोड ७७ लाख र निफ्राको ६० करोड ३७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बुटवल पावर कम्पनी,राष्ट्रिय बीमा कम्पनी,मोदी इनर्जी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै एनमएबी बैंकको सेयरमूल्य ९.४२ प्रतिशत,ग्लोबल आइएमई बैंकको ९.२२,लिबर्टी इनर्जीको ९.०३ प्रतिशत र कुमारी बैंकको सेयरमूल्य ८.९४ प्रतिशतले बढ्यो ।  

आज नेपाल फाइनान्सको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै विन्द्यावासिकी हाईड्रोको सेयरमूल्य ७.२२ र शुभम् पावरको सेयरमूल्य ७.१० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.