आईतवार, असार १५,२०८२ 10:04:24
  • आईतवार, असार १५,२०८२ 10:04:24
Global IME Bank Limited

निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’

Hyundai Nepal
निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२६ अंक अर्थात ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘तत्कालै कुनै राम्रो समाचार नआउने देखिएकाले बजार केहि दिनदेखि घटिरहेको छ । नीतिगत फेरबदल भईहाले पनि वैशाखमा मात्रै हुन सक्ने देखिन्छ । बजारमा फेरी नयाँ आईपीको लहर आउने भएको छ । यसले बजारबाट धेरै पैसा बाहिरिने छ । ’

प्राविधिक रुपमा पनि बजार कमजोर देखिएकाले तत्कालै बजारमा सुधार हुने अवस्था नदेखिएको थापा बताउँछन् ।  

साइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक विरेन्द्र विष्ट भन्छन्,‘बजारले अहिले नीतिगत सपोर्ट खोजेको छ । त्यसैले राष्ट्र बैंकले पनि केहि गर्ला भन्ने आशा गर्न सकिन्छ । बजार धेरै घटे १९६० सम्म मात्रै घट्न सक्छ । बजार यहि विन्दु वरिपरी केहि समय चल्न सक्छ ।’

आज लगानीकर्ताले सस्तोमा सेयर बेच्न नचाहदा कारोबार घटेको विष्टको विश्लेषण छ ।    

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल र व्यापार समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । होटल समूह आज १.१६ र व्यापार समूह ०.२० प्रतिशतले बढे ।  

बैंकिङ समूह ०.४० प्रतिशतले घटेको आज विकास बैंक ०.०७,वित्त ०.६६,हाईड्रो ०.५४,लगानी ०.५०,जीवन बीमा ०.१५,उत्पादन तथा प्रशोधन ०.३१,लघुवित्त ०.१४,म्युचुअल फण्ड ०.१४,निर्जीवन बीमा ०.४० र अन्य समूह ०.३६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको आज ४७ करोड २९ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै शिवम् सिमेन्टको ११ करोड,गोर्खाज फाइनान्सको ९ करोड ९ लाख,पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाईड्रोका सेयरमूल्य ५ करोड ६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन गुँरास लघुवित्त र माईखोला हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । आज महुली लघुवित्तको सेयरमूल्य ९.४४ प्रतिशत र तारागाँउ रिजेन्सी होटल्सको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।  

आज रिभर फल्सपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९८ प्रतिशतले घट्यो । हिमालयन हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले घटेको आज अपर लोहोरे खोला हाईड्रोको सेयरमुल्य ६.१७ र धौलागिरी लघुवित्तको सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.