सोमबार, श्रावण १८,२०८३ 11:40:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:31
Bizshala
Global IME Bank Limited

निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’

निरन्तर ओरालो लाग्दै सेयर बजार,जानकार भन्छन्,नीतिगत सपोर्टको आवश्यकता’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.२६ अंक अर्थात ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ३५५.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘तत्कालै कुनै राम्रो समाचार नआउने देखिएकाले बजार केहि दिनदेखि घटिरहेको छ । नीतिगत फेरबदल भईहाले पनि वैशाखमा मात्रै हुन सक्ने देखिन्छ । बजारमा फेरी नयाँ आईपीको लहर आउने भएको छ । यसले बजारबाट धेरै पैसा बाहिरिने छ । ’

प्राविधिक रुपमा पनि बजार कमजोर देखिएकाले तत्कालै बजारमा सुधार हुने अवस्था नदेखिएको थापा बताउँछन् ।  

साइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक विरेन्द्र विष्ट भन्छन्,‘बजारले अहिले नीतिगत सपोर्ट खोजेको छ । त्यसैले राष्ट्र बैंकले पनि केहि गर्ला भन्ने आशा गर्न सकिन्छ । बजार धेरै घटे १९६० सम्म मात्रै घट्न सक्छ । बजार यहि विन्दु वरिपरी केहि समय चल्न सक्छ ।’

आज लगानीकर्ताले सस्तोमा सेयर बेच्न नचाहदा कारोबार घटेको विष्टको विश्लेषण छ ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये होटल र व्यापार समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । होटल समूह आज १.१६ र व्यापार समूह ०.२० प्रतिशतले बढे ।  

बैंकिङ समूह ०.४० प्रतिशतले घटेको आज विकास बैंक ०.०७,वित्त ०.६६,हाईड्रो ०.५४,लगानी ०.५०,जीवन बीमा ०.१५,उत्पादन तथा प्रशोधन ०.३१,लघुवित्त ०.१४,म्युचुअल फण्ड ०.१४,निर्जीवन बीमा ०.४० र अन्य समूह ०.३६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको आज ४७ करोड २९ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै शिवम् सिमेन्टको ११ करोड,गोर्खाज फाइनान्सको ९ करोड ९ लाख,पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाईड्रोका सेयरमूल्य ५ करोड ६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन गुँरास लघुवित्त र माईखोला हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । आज महुली लघुवित्तको सेयरमूल्य ९.४४ प्रतिशत र तारागाँउ रिजेन्सी होटल्सको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।  

आज रिभर फल्सपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९८ प्रतिशतले घट्यो । हिमालयन हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले घटेको आज अपर लोहोरे खोला हाईड्रोको सेयरमुल्य ६.१७ र धौलागिरी लघुवित्तको सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.