आईतवार, कार्तिक १,२०८३ 12:18:07
  • आईतवार, कार्तिक १,२०८३ 12:18:07
Global IME Bank Limited

सेयरबजारमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Bizshala
सेयरबजारमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो
New Office

काठमाण्डौ । सोमबार सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४५ प्रतिशत अर्थात १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले घटेर ४६६.१३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ३४ करोड १० लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बजेटपछि यता सेयरबजारमा डिमाण्ड नै देखिएको छैन । लगानीकर्ताहरुले बजेटमार्फत बजार बढ्छ भन्ने आशा गरेका थिए तर सरकारले सेयर लगानीकर्ताको भावना नबुझ्दा बजार उल्टै घट्न पुगेको छ । जसरी बजेटअघि लगानीकर्ता उत्साहित थिए त्यहिअनुसार बजेटपछि निरुत्साहित बन्न पुगे । बजेटमार्फत पूँजीबजार सुधारका लागि केही नीतिगत कुराहरु आएपनि कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विश्वास पनि गर्न सकिरहेका छैनन् ।’

उनले थपे, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको भाव बुझेर कर घटाउनुपर्ने थियो तर उल्टै करको दायरा दोब्बर बढाएपछि लगानीकर्ताहरु उत्साहित देखिएनन् । साथै बैंकहरुको ब्याजदर पनि सस्तो छ, तर बैंकबाट कर्जा लिएर सेयरबजारमा लगानी गर्ने अवस्था पनि छैन । यता बजारबाट रिटर्न नआएपछि सस्तै ब्याजदर तिर्न पनि समस्या हुन्छ यसले लगानीकर्तासँगै बैंकहरुको प्रणालीमा समेत असर पार्ने देखिन्छ । बरु अर्थमन्त्रीले पूँजीगत लाभकर एक प्रतिशत भएपनि घटाएको भए आज बजारमा ठूलो कारोबार हुन सक्थ्यो र भोल्युम वृद्धिले सरकारलाई पनि ट्याक्स बढी नै आउने थियो । जबसम्म लगानीकर्ताको मनोबल बढाउने गरि अर्थमन्त्रीले पुनर्विचार गर्नुहुँदैन तबसम्म बजारले लय समाउने सम्भावना देखिदैन ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.११ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक घट्ने कम्पनीको रुपमा रह्यो । यो समूह आज १.८२ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ समूह ०.०२ प्रतिशत, विकास बैंक ०.५४, फाइनान्स १.२६, होटल ०.४४, हाईड्रो ०.४९, लगानी ०.३४, जीवन बीमा ०.२९, लघुवित्त ०.०५, म्युचुअल फण्ड ०.१४, निर्जीवन बीमा ०.९१ र व्यापार समूह १.४२ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३८ करोड ८५ लाख बढीको सेयर कारोबार भयो । यस्तै लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख, एसवाई प्यानल नेपालको २० करोड ९० लाख र रिलायन्स स्पिनीङ मिल्सको १६ करोड २४ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सयपत्री हाईड्रोपावरको सेयरमूल्य ४.८२ प्रतिशत, एसवाई प्यानल नेपालको ३.९१ र दोल्ती पावरको सेयरमूल्य ३.७४ प्रतिशतले बढ्यो ।

यो दिन ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ७.९४ प्रतिशतले घट्यो । राँवा इनर्जीको सेयरमूल्य पनि आज ७.०६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ५.९२ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ४.१३ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.