शनिबार, फाल्गुन १०,२०८१ 09:54:20
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:20
IME remit
Global IME Bank Limited

७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी

Hyundai Nepal
७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी
Nabil Bank Limited

काठमाण्डौ। साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक १.१५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह भने ०.४४ प्रतिशतले घटेको छ । आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १२१२ रुपैयाँ कायम भएको छ । त्यस्तै रिलायबल नेपाल लाइफको १.१४ प्रतिशत, हिमालयन लाइफको ०.७५ प्रतिशत, सिटिजन लाइफको ०.४८ प्रतिशत, सुर्यज्योति लाइफको ०.२१ प्रतिशत, आरबीसीएलको ०.१८ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । 

कम्पनीको सेयरभाउ १.६९ प्रतिशतले घटेर १३३४ रुपैयाँ कायम भएको छ । सानिमा रिलायन्स लाइफको १.३३ प्रतिशत, नेशनल लाइफको ०.९७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९४ प्रतिशत, सानिमा जिआइसीको ०.९२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८२ प्रतिशत, आइएमई लाइफको ०.८१ प्रतिशत, नेपाल लाइफको ०.७९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७७ प्रतिशत, हिमालयन एभरेष्टको ०.६३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.५० प्रतिशत, सुर्यज्योति लाइफको ०.४१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३९ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, एशियन लाइफको ०.१४ प्रतिशत, युनाइटेड अजोडको ०.०५ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.