सोमबार, कार्तिक २,२०८३ 04:35:41
  • सोमबार, कार्तिक २,२०८३ 04:35:41
Global IME Bank Limited

लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार अझै केही समय साइडवेज चल्नसक्छ’

Bizshala
लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार अझै केही समय साइडवेज चल्नसक्छ’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)ं मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.०८ अंकले घटेर २ हजार ६३१.९८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४३.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘अहिलेको बजार साइडवेज नै हो । लगानीकर्ता गभर्नर नियुक्ति र बजेटको प्रतिक्षामा रहेका कारण बजारले अहिले गति लिन नसकेको हो ।’

उनले बजार अझै केही समय साइडवेज नै चल्न सक्ने बताए । यस्तै विभिन्न आन्दोलन समेत भईरहेका कारण लगानीकर्ताको मनोबल बढ्न नसकेको समेत उनले बताए । प्राविधिक रुपमा पनि बजार तलको अवस्थामा २५५० सम्म र बढेको खण्डमा २७ सय विन्दुसम्म साइडवेज चल्ने उनले विश्लेषण गरे ।  

अर्का बजार जानकार पर्वत विष्टले सरकारले लगानीकर्ताको विश्वास जित्न नस्क्दा बजार गति लिन नसकेको बताउछन् । खेलाडीले केही निश्चित कम्पनी मात्रै चलाएकाले समग्र बजार उभो लाग्न नसकेको उनले बताए ।  

विष्टले पनि बजार अझै केही समय साइडवेज नै चल्ने दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.०७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.२२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५३, विकास बैंक ०.६७, होटल ०.६७,हाईड्रो ०.१३,लगानी ०.७२,जीवन बीमा ०.५२,उत्पादन तथा प्रशोधन ०.३७,लघुवित्त ०.६७,निर्जीवन  बीमा ०.१३,व्यापार ०.५१ र अन्य समूह ०.७४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्राको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८२ करोड ४३ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६२ करोड १६ लाख,राधी विद्युत कम्पनीको ४६ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ७३ लाख र एचआईडीसीएलको २३ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै राधी विद्युतको सेयरमूल्य ७.४३ प्रतिशत र रसुवागढी हाईड्रोपावरको सेयरमूल्य ५.२७ प्रतिशतले घट्यो ।  

मध्य भोटेकोशीको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९८ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.१४ प्रतिशत, सिन्धु विकास बैंकको ६.५७ र ग्रिनलाइफ हाईड्रोपावरको सेयरमूल्य ५.७१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.