सोमबार, श्रावण १८,२०८३ 11:41:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:18
Bizshala
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली

सेयरबजारमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४१ प्रतिशत अर्थात १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४२ वटा स्क्रिप्टको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलियाले बजार बिस्तारै माथि लाग्ने विश्वास व्यक्त गरे । देशमा चुनावी माहोल बन्दै गएकाले देशले राजनीतिक निकास पाउने आशामा लगानीकर्ता रहेको उनले बताए ।

अहिले   बजार घट्नु पर्ने खासै कुनै कारण छैन । अब बजार जाने भनेको माथि नै हो । आशा गरौंै आगामी दिनमा पनि बजारमा क्रमिकः सुधार आउदै बजारले उकालो यात्रा तय गर्नेछ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.६१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.२५, विकास बैंक ०.४४, फाइनान्स ०.०६, होटल ०.९२, हाईड्रो ०.२३, लगानी ०.२०, जीवन बीमा ०.५३, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.४७, निर्जीवन बीमा ०.३७, अन्य ०.३४ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ग्रीन भेन्चर्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, बन्दीपुर केवलकारको १५ करोड ८८ लाख, श्रीनगर एग्रीटेकको १३ करोड ५८ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ९१ लाख र शिवम् सिमेन्टको १२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज एसवाई प्यानल नेपाल र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै पियोर इनर्जीको सेयरमूल्य ६.४७, थ्रिस्टार हाईड्रोपावरको ४.८२ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.०६ प्रतिशतले बढ्यो ।

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । ईङ्वा हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.६१ प्रतिशत र मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य ३.५६ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.