सोमबार, श्रावण १८,२०८३ 11:41:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:43
Bizshala
Global IME Bank Limited

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २५.८८ अंकले बढेर २ हजार ६६५.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४८०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘हिजोअस्ति बजार घट्नुमा राजनीतिक कारण नै थियो । अस्थिर सरकार होला, गठबन्धन भत्केला भन्ने भय लगानीकर्तामा थियो । तर हिजोआज तत्काल परिवर्तन नहुने आँकलनले आज बजार सम्हालिएको छ ।’

अहिले ब्याज दर घटेको र बजारमा तरलता फालाफाल रहेकाले खासै डराउनु पर्ने कुनै कारण नभएकाले आज बजार सम्हालिएको उनले बताए । आज बजारमा बेच्नहरु कम हुँदा कारोबार पनि कम भएको तर्क उनले राखे । यस्तै लम्सालले अहिले लगानीकर्ताहरुले बैंकहरुको रिपोर्टको प्रतिक्षा गरिरहेको समेत बताए । ‘यदि रिपोर्ट लगानीकर्ताले सोचे जस्तो आएमा बजारले राम्रै गति लिनेछ’ उनले भने ।  

त्यसैगरि, अर्का बजार जानकार सुबास चन्द्र ढुंगानाले दुईदिन घटेको बजारले आज फकर्ने प्रयास गरेको बताए । ‘तर एकै दिनको बढोत्तरीले मात्रै बजार फर्कीहाल्यो भन्नु हतार हुने देखिन्छ । अब बुधबारको कारोबार महत्वपूर्ण हुन्छ । यदि आगमि कारोबारमा बजार २६७० भन्दा माथि ६ अर्ब कारोबारले टिकेमा भने बजारले माथिको यात्रा लिन सक्छ’ उनले भने ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.०३ प्रतिशतले बढेर ३ हजार २८४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.६८ प्रतिशत,विकास बैंक १.२५,होटल ०.४४,हाईड्रो १.४२,लगानी ०.९२,जीवन बीमा ०.४९,उत्पादन तथा प्रशोधन २.१४,लघुवित्त ०.६६,म्युचुअल फण्ड ०.२७,निर्जीवन बीमा ०.६१ र अन्य समूह १.०२ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गुडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ३२ लाख बढीको सेयर कारोबार भयो । यस्तै कुमारी बैंकको १३ करोड ८० लाख,हिमालयन रि इन्स्योरेन्सको १२ करोड २८ लाख,पिपुल्स हाईड्रोपावरको १० करोड ९९ लाख र नेपाल एसबीआई बैंकको ८ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । यो दिन राँवा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ८.८६ प्रतिशतले बढ्यो । यस्तै मनकामना इन्जिनियरिङको सेयरमूल्य ७.८२ प्रतिशत,थ्रिस्टार हाईड्रोको ६.३६,महुली लघुवित्तको ६.१० र मैलुङ हाईड्रोको सेयरमूल्य ६.०९ प्रतिशतले बढ्यो ।  

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ४.७५ प्रतिशतले घट्यो ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.