काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ८ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।कम्पनीको सेयरभाउ ०.६४ प्रतिशतले बढेर ८३३.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.१५ प्रतिशत, एलआइसी नेपालको ०.०४ प्रतिशत र नेशनल लाइफको ०.०४ प्रतिशत, हिमालयन एभरेष्टको ०.४६ प्रतिशत, सलिकोको ०.०१ प्रतिशत, शिखरको ०.४८ प्रतिशत र युनाइटेड अजोडको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६८ प्रतिशतले घटेर १९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.६९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२९ प्रतिशत, एनएलजीको १.२७ प्रतिशत, प्रभुको १.१४ प्रतिशत, आरबीसीएलको ०.५७ प्रतिशत र सानिमा जिआइसीको ०.९३ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै एशियन लाइफको ०.९३ प्रतिशत, सिटिजन लाइफको १.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.७६ प्रतिशत, हिमालयन लाइफको ०.८० प्रतिशत, आइएमई लाइफको १.०८ प्रतिशत, नेपाल लाइफको ०.२६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८८ प्रतिशत, सूर्यज्योति लाइफको १.५५ प्रतिशत, सन नेपाल लाइफको ०.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१५ प्रतिशत, हिमालयन रि को ०.२६ प्रतिशत र नेपाल रि को ०.३९ प्रतिशतले सेयरभाउ घटेको छ ।