सोमबार, कार्तिक २,२०८३ 04:31:58
  • सोमबार, कार्तिक २,२०८३ 04:31:58
Global IME Bank Limited

सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार रकम भने घट्यो

Bizshala
सामान्य अंकले बढ्यो सेयरबजार, कारोबार रकम भने घट्यो
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२५ प्रतिशत अर्थात ६.७४ अंकले बढेर २ हजार ६०१.६१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४४७.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजारले गति लिन नसक्नुको मुख्य कारण भनेकै लगानीकर्ताको मनोबल बढ्न नसक्नु हो । आजको बजार २६ सयभन्दा माथिको विन्दु बनाएर क्लोजिङ समयसम्म २६०१ विन्दु कायम गरेको छ । आजको बजारमा सामान्य सुधार देखिएपनि बजारले लय लिन सकिरहेको छैन । मार्केट पहिलो लेभलमा २५८० को विन्दु बनाएर फर्किन्छ भन्ने हो तर बजार बढ्नका लागि माहोल राम्रो देखिदैन ।’

उनले थपे, ‘जेनजी आन्दोलनपछिको अस्थिर राजनीतिका कारण लगानीकर्ताहरु सेयरबजारमा ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । अझैपनि चुनाव समयमै हुने या नहुने कुराले लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै छन् । यदि बजार ३ दिनअगाडी नै फर्केको भए केही हदसम्म माथि जान सक्थ्यो । चुनाव अगाडी अब बजारले सानो स्विङ मात्रै माथि जान सक्ने देखिन्छ । यदि चुनाव हुने निश्चित भएमा बजार डाउन ट्रेन्डमा गई फर्किएर अप ट्रेन्डको र्याली लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ०.९० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ०.३३, हाईड्रो ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार ०.२७ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात ०.१७ प्रतिशतले घट्यो । यस्तै होटल ०.११, लगानी ०.०८, लघुवित्त ०.०८ र म्युचुअल फण्ड ०.११ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाख, नेपाल एसबीआई बैंकको १३ करोड ४८ लाख, सिईडिबि होल्डिङको ९ करोड ६० लाख र हिमालयन रि इन्स्योरेन्सको ७ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै स्वेत गंगा हाईड्रोपावरको सेयरमूल्य ८.७९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य ४.०९ प्रतिशतले बढ्यो ।

यो दिन हिम स्टार उर्जाको सेयरमूल्य सर्वाधिक अर्थात ६.९५ प्रतिशतले घट्यो । एनएमबी लघुवित्तको सेयरमूल्य पनि आज ५.७३ प्रतिशत र खानीखोला हाईड्रोको सेयरमूल्य ५.१८ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.