बुधबार, असार १०,२०८३ 04:00:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:00:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’

Laxmi Sunrise Bank Limited
नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.८० अंकले घटेर २ हजार ५६०.२९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४४४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘राजनीतिक अस्थिरताले गर्दा अहिले बजारमा लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा छन् । बजारमा लगानीकर्ताको उत्साह राम्रो देखिदैन र लगानी पनि बढाउन सकिरहेका छैनन् । साथै मंसिर ७ गते आन्दोलन गर्ने कुराले पनि लगानीकर्तामा एकखाले त्रसित पैदा भएको छ । अब केही दिन अझै बजार यहि २४÷२५ सयकै विन्दुमा बस्ने देखिन्छ ।’

New Office
CG Motors
Garima Development Bank

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुमा मनोबल बढ्न नसकेका कारण बजारले लय लिन नसकेको बताए । ‘चारैतिर राजनीतिक विषयको मात्रै चर्चा छ, सेयरबजारलाई पनि राजनीतिक विषयले प्रभाव पार्ने भएको हुँदा अस्थिर राजनीतिले गर्दा लगानीकर्तामा कन्फिडेन्ट बढ्न सकिरहेको छैन’ उनले भने, ‘बजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने भएकाले अब के होला भन्ने यकिन नै गर्न सकिन्न ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहके अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.६४ प्रतिशतले बढ्यो। यस्तै व्यापार र लगानी समूह पनि क्रमशः०.५५ र ०.१० प्रतिशतलेबढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.७५, बैंकिङ समूह ०.६०, विकास बैंक ०.६३, हाईड्रो ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, लघुवित्त ०.०८, म्युचुअल फण्ड ०.४८, निर्जीवन बीमा ०.४१ र अन्य ०.२१ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ७६ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज २३ करोड ५३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ८९ लाख, राधी विद्युतको २१ करोड ६९ लाख र शिवम् सिमेन्टको २१ करोड ४ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका पाँच वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज दरमखोला हाईड्रो इनर्जी,माबिलुङ इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाईड्रो र सिटि होटल्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन भूगोल इनर्जीको सेयरमूल्य ८.०२ र पिपुल्स पावरको सेयरमूल्य ५.११ प्रतिशतले बढ्यो ।

उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रुरु जलविद्युत परियोजनाको सेयरमूल्य पनि आज ८.४५ प्रतिशत, धौलागिरी लघुवित्तको ५.६६ र उपकार लघुवित्तको सेयरमूल्य ५.६३ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.