सोमबार, कार्तिक २,२०८३ 04:30:09
  • सोमबार, कार्तिक २,२०८३ 04:30:09
Global IME Bank Limited

परिसूचक र कारोबार दुवैमा सुधार, बैंकिङ समूहमा चमक

Bizshala
परिसूचक र कारोबार दुवैमा सुधार, बैंकिङ समूहमा चमक
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १७.४४ अंकले बढेर २ हजार ६९२.१८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ४६१.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।अघिल्लो दिन बजारमा ६ अर्ब ५२ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बजारमा केही दिनयता पूँजीगत लाभकरको विषयले अन्यौलता छाएको छ । यही कारण बजार साइडवेजमा गएको देखिन्छ । यद्यपी आजको अवस्था हेर्दा बजार सम्हालिन थालेको देखिन्छ ।’

उनले अहिले राष्ट्र बैंक र अर्थमन्त्रालयले करको दरमा हेरफेर गर्ने र नीतिगत कडाइ गर्न नहुने बताए ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले पनि आज बैंकिङ क्षेत्रमा चमक आउदा बजार

मा सुधार आएको बताए । ‘करको विषयले केहीदिन देखि अन्यौलता रहेको बजारमा आज अन्तिम समयमा सम्हालिएको छ । यही कारण बजेट सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक अर्थात १.७५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत, हाईड्रो ०.७०, लगानी ०.०७,उत्पादन तथा प्रशोधन ०.५४,म्युचुअल फण्ड ०.११ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।  

आज घटेका समूहमध्ये जीवन बीमा समूह सर्वाधिक घट्यो । यो समूह आज ०.१८ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.०४ प्रतिशत,लघुवित्त ०.१४,निर्जीवन बीमा ०.०७ र अन्य समूह ०.०९ प्रतिशतले घट्यो ।    

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ५ करोड बढीको कारोबार भयो । राधी विद्युतको पनि आज ६० करोड ८ लाख, युनिभर्सल पावरको ५१ करोड ६ लाख, बुटवल पावरको ३५ करोड ६ लाख र कुमारी बैंकको २१ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अरुण काबेली हाईड्रोको सेयरमूल्य पनि आज ६.५२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ६.८४ प्रतिशतले घट्यो । दिव्यश्वरी हाईड्रोको सेयरमूल्य पनि आज ४.८४ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ४.६२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.