सोमबार, श्रावण १८,२०८३ 11:39:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:49
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘स्वभाविक करेक्सन’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ७४८.०५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४७७.५० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

 

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘बजारको समग्र अवस्था हेर्दा दीर्घकालमा बजार बढ्ने नै हो । आजको घटाईलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ । सूचकसँगै कारोबार घट्नुलाई लगानीकर्ताले घटेर बेच्न नचाहेको रुपमा बुझ्न सकिन्छ ।’

मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्न सहज बनाउने र क्याप हटाउने जस्ता विषय समेटेर बजारलाई चलायमान बनाउनु पर्नेमा फुल्लेले जोड दिए । यस्तै उनले धितोपत्र बोर्डका नयाँ अध्यक्षले पूँजी बजारलाई चलायमान बनाउन राष्ट्र बैंकसँग समन्वयन गर्नुपर्ने बताए ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आजको बजारको घटाईलाई सामान्य करेक्सनको रुपमा व्याख्या गरे । ‘लगानीकर्ताले यतिबेला गूड न्यूज खोजेको देखिन्छ । बजारको थप सुधारका लागि मौद्रिक नीतिको समीक्षामा जोखिमभार घटाउनु पर्ने र क्याप हटाउनु पर्ने देखिन्छ,  ’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह १.०५ र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढ्यो । आज हाईड्रो समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.८७ प्रतिशत,वित्त ०.९७,होटल ०.८०,लगानी ०.८७,उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त ०.६२,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशतले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको ३१ करोड ८ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको पनि आज २९ करोड ७४ लाख,मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख,जानकी फाइनान्सको २३ करोड १६ लाख र ङादी ग्रुप पावरको २० करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विशाल बजार कम्पनी,विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

पाँचथर पावरको सेयरमूल्य आज ८.३३ प्रतिशत र एलआईसी नेपालको ८.११ प्रतिशतले बढ्यो ।  

मानुषी लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य आज ८.६० प्रतिशत,कर्णाली डेभलपमेन्ट बैंकको ६.८४ र सुपर मादी हाईड्रोको सेयरमूल्य ५.२७ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.