आईतवार, असार १५,२०८२ 10:27:27
  • आईतवार, असार १५,२०८२ 10:27:27
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट,‘गूड न्युजको पखाईमा लगानीकर्ता’

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको गिरावट,‘गूड न्युजको पखाईमा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आज प्रि–ओपन सेशनमा १५ अंकले बढेको बजार अन्त्यसम्म टिक्न सकेन । यसको अर्थ रिटेल लगानीकर्ताले बजार बढाउन चाहेको तर संस्थागत र ठूला लगानीकर्ता भने अझै बजार पस्न अनिच्छुक रहेको देखिन्छ । बजार मौद्रिक नीतिसम्म  साईडवेज नै जान सक्छ । लगानीकर्ताले राष्ट्र बैंकलाई नीति परिवर्तन गर्न दबाव दिने उदेश्य हुन सक्छ । ’

आज लघुवित्तमा नाफा बुक हुँदा पनि बजारमा करेक्सन आएको पौडेल बताउँछन् ।  

अर्का बजार जानकार महेश रिजालको विचारमा पनि लगानीकर्ताले मौद्रिक नीतिनै पर्खेको देखिन्छ । ‘माइक्रोमा करेक्सन स्वभाविक नै हो । लगानीकर्ताले अहिलेको समयमा केहि गूड न्यूज खोजेको समेत देखिन्छ । यद्यपी घट्दो बजारमा कारोबार बढ्नुलाई भने त्यति राम्रो मान्न सकिदैन,’ रिजालले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज होटल समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.९२ प्रतिशतले बढ्यो भने हाईड्रो ०.९६,लगानी ०.४३,उत्पादन तथा प्रशोधन ०.५० प्रतिशत र अन्य समूह ०.१४ अंकले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज बैंकिङ समूह ०.९६ प्रतिशत,विकास बैंक ०.५९,वित्त ०.९१,जीवन बीमा ०.६८, लघुवित्त १.०९,म्युचुअल फण्ड ०.३१, निर्जीवन ०.४५ र व्यापार समूह १.५४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ३ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै आज सिईडिबि हाईड्रोको २१ करोड १३ लाख,सिटी होटलको १३ करोड ९७ लाख,पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेष्टमेन्टको ११ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज इष्टर्न हाईड्रो,शुभम् पावर,सिटी होटल,कुथेली बुखरी हाईड्रो र भगवति हाईड्रो गरी ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सामलिङ पावरको सेयरमूल्य ९.२८ प्रतिशत,सयपत्री हाईड्रोका ८.९५ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.९३ प्रतिशतले बढ्यो ।  

आज बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । साथै, आज पोखरा फाइनान्सको सेयरमूल्य ७.१२ प्रतिशत,लक्ष्मी लघुवित्त ६.६१,माईखोला हाईड्रोको सेयरमूल्य ५.३४ प्रतिशतले घट्यो ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.