शनिबार, फाल्गुन १०,२०८१ 10:16:53
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:16:53
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । 

जीवन बीमा समूह २.१७ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४३ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा प्रभु र हिमालयन एभरेष्ट रहेको । प्रभु इन्स्योरेन्सको सेयरभाउ ५.२३ प्रतिशतले बढेर ८०५ रुपैयाँ पुगेको छ भने हिमालयन एभरेष्टको सेयरभाउ ५.१४ प्रतिशतले बढेर ६०९.८० रुपैयाँ पुगेको छ ।

यसका साथै निर्जीवन बीमातर्फ अन्य कम्पनीहरुमा सानिमा जिआइसीको ५.१२ प्रतिशत, युनाइटेड अजोडको ३.६३ प्रतिशत, शिखर इन्स्योरेन्सको २.२७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.२२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.८९ प्रतिशत, आरबीसीएलको १.८२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७५ प्रतिशत, नेको इन्स्योरेन्सको १.५४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.४२ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५९ प्रतिशतले सेयरभाउ बढेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यता जीवन बीमातर्फ सर्वाधिक सेयरमूल्य सन नेपाल लाइफको बढेको छ । कम्पनीको सेयरभाउ ३.२० प्रतिशतले बढेर ४६८ रुपैयाँ पुगेको छ । यसका साथै सिटिजन लाइफको २.७३ प्रतिशत, एशियन लाइफको २.५४ प्रतिशत, आइएमई लाइफ र सानिमा रिलायन्स लाइफको २.५३ प्रतिशत, नेपाल लाइफको १२.२७ प्रतिशत, प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.०४ प्रतिशत, नेशनल लाइफको १.९७ प्रतिशत, रिलाबयल नेपाल लाइफको १.९५ प्रतिशत, एलआइसी नेपालको १.८३ प्रतिशत, हिमालयन लाइफको १.७२ प्रतिशत र सुर्यज्योति लाइफको १.३७ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, पुनर्बीमा कम्पनीतर्फ हिमालयन रि इन्स्योरेन्सको सेयर भाउ २.६० प्रतिशतले बढेर ५५२ रुपैयाँ पुगेको छ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ १.५६ प्रतिशतले बढेर ६५३ रुपैयाँ पुगेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को १० करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा जिआइसीको ९ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.