बुधबार, असार १०,२०८३ 04:09:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:09:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वार्थ समूहका लागि जथाभावी नियम फेरिँदा आत्तिए लगानीकर्ता, हराउँदै बजारको रौनक

Laxmi Sunrise Bank Limited
स्वार्थ समूहका लागि जथाभावी नियम फेरिँदा आत्तिए लगानीकर्ता, हराउँदै बजारको रौनक

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले केही स्वार्थ समूहको योजनामा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग मिलेर एक्कासी परिवर्तन गरेको सर्किट ब्रेकर लगायतका नियमपछि लगानीकर्ता हच्किएका छन् ।

सम्वेदनशील बजारको नियमहरु बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी परिवर्तन गर्न थालेपछि र नेप्सेले सेयर कारोबार गर्ने सिस्टम लगायतमै मनपरी गर्न थालेपछि लगानीकर्ता झस्किएको प्रतिक्रिया यो साताको पहिलो दिनको बजारले दिएको छ ।

सोमबार सेयर बजार परिसूचक(नेप्से) १३.१७ अंकले घटेको छ भने हठात परिवर्तन गरिएको नियमहरुको प्रभावमा पर्ख र हेरको रणनीतिमा लगानीकर्ता बस्दा कारोबार रकम पनि ह्वात्तै घटेको छ । सोमबार बजारमा ५ अर्ब ३६ करोड हाराहारीको मात्र सेयर कारोबार भयो । अघिल्लो कारोबार दिन शुक्रबार ७ अर्ब ३९ करोड बढीको कारोबार भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

त्यसको अघिल्लो दिन ९ अर्ब २० करोड र त्यसअघि १० अर्ब २८ करोड बढी कारोबार भएको थियो ।

कारोबार रकम घटेर एकमहिना अगाडिकै अवस्थामा पुगेको छ । जसले बीचमा केही समय उत्साहित भएको बजारको रौनक कम हुँदै गएको देखाउँछ ।

यसरी नेप्से र सेबोनको लगानीकर्ता अत्याउने चलखेल र स्वार्थ समूहसँगको साँठगाँठ, जथाभावी महत्वपूर्ण नियम परिवर्तन, सेयर बजारका लगानीकर्ताहरुमाथि सरकारी अनुसन्धान निकायले बढाएको निगरानी लगायतका कारण बजारको कन्फिडेन्स बिस्तारै कम हुँदै गएको देखिन्छ ।

आज बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ४७३ विन्दुमा झरेको छ। आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य समूहमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.०१ प्रतिशतले बढ्यो ।  

यस्तै आज बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.८४ प्रतिशतले घटे । विकास बैंक समूह पनि आज ०.१६ प्रतिशत, फाइनान्स ०.७०, हाईड्रो ०.२३, जीवन बीमा ०.६२, लघुवित्त ०.४९, म्युचुअल फण्ड ०.०८,  निर्जीवन बमिा ०.११,अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज होटल फरेस्ट इनको सर्वाधिक अर्थात ३६ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी सोलु हाईड्रोको २९ करोड ८१ लाख, नेशनल हाईड्रोको २८ करोड ८८ लाख र आँखुखोला जलसविद्युतको २३ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज सूर्यकुण्ड हाईड्रो र होटल फरेस्ट इनको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले बढ्यो । यस्तै पाल्पा सिमेन्टको सेयरमूल्य १४.९९ प्रतिशत, शिखर पावरको १४.९९, झापा इनर्जीको ११.८८ र रिज लाइन हाईड्रोको सेयरमूल्य १०.९९ प्रतिशतले बढ्यो ।  

दोल्ती पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.३५ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.