काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अअंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड २ लाख ७४ ह जार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।
जीवन बीमा समूह ०.८८ प्रतिशत र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घटेको छ । आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३४ प्रतिशतले बढेर १२२५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन लाइफको ०.२२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.०८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.७३ प्रतिशतले घटेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.०४ प्रतिशतले घटेर ४४६.३० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.७७ प्रतिशत, सिटिजन लाइफको ०.४७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७० प्रतिशत, आइएमई लाइफको ०.७७ प्रतिशत, एलआइसी नेपालको १.८८ प्रतिशत, नेपाल लाइफको १.५६ प्रतिशत, नेशनल लाइफको ०.०५ प्रतिशत, सन नेपाल लाइफको ०.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१२ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशत, एनएलजीको ०.७२ प्रतिशत, आरबीसीएलको १.१२ प्रतिशत, सलिकोको २.०२ प्रतिशत, सानिमा जिआइसीको १.२६ प्रतिशत, शिखरको ०.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.९५ प्रतिशत, युनाइटेड अजोडको १.११ प्रतिशत, हिमालयन रि को ०.९१ प्रतिशत र नेपाल रि को ०.७१ प्रतिशतले घटेको छ ।

