मंगलवार, श्रावण ६,२०८२ 10:28:02
  • मंगलवार, श्रावण ६,२०८२ 10:28:02
Global IME Bank Limited

नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो

Hyundai Nepal
नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७९ प्रतिशत अर्थात ८०.९७ अंकले बढेर २ हजार ९७३.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८८ प्रतिशतले बढेर ५१६.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै नेप्से परिसूचक आज विगत एक वर्षकै उच्च कायम भएको छ । यसअघि नेप्से परिसूचक २०८१ साउन २९ गते २९६० को विन्दुमा रहेको थियो । त्यसपछि आज बजार २९७३ विन्दुमा पुगेको छ ।  

आजको वृद्धिसँगै नेप्से परिसूचक लगातार ६ दिन बढेको छ । यो अवधिमा नेप्से परिसूचक २४७.९६ अंकले बढेको छ ।  

Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले सेयर बजारमा चमक आउनुको मुख्य कारण राष्ट्र बैंकको मौद्रिक नीति हो । त्यस्तै बैंकिङ सुधार आयोगले पूँजीबजारमा कुनैपनि प्रकारको क्याप नलगाउन दिएको सुझावका कारण समेत बजारमा पछिल्लो समय सुधार आईरहेको छ ।’

उनले बैंकहरुको ब्याजदर घट्दा निराश बनेका निक्षेपकर्ताले समेत सेयर बजारमा लगानी गर्नु र बैंकहरुको लाभांश वितरण गर्ने क्षमता बढ्नु जस्ता कारणले पनि सेयर बजारमा सुधार आएको बताए । उनले हालको बढोत्तरीमा दीगोपन रहेको र बजारले सजिलै अल टाइम हाई ब्रेक गर्नसक्ने बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले पनि गभर्नरले समयमै लगानीमैत्री मौद्रिक नीति ल्याउनु, नयाँ आर्थिक वर्ष लाग्नु र साना–ठूला सबै खाले लगानीकर्ता बजार प्रवेश गरेका कारण बजार बढेको बताए ।  

उनले साउन अवधिभर बजार बढ्ने र यो वर्षभित्र बजारले अल टाइम हाई ब्रेक गर्ने समेत विश्वास व्यक्त गरे । यद्यपी यो वर्ष दशैं लगायतका चाडपर्व छिट्टै रहेका कारण बजारमा उतारचढाव हुनसक्ने आँकलन भट्टराईले गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाघिक चमक देखियो । यो समूह आज ४.५६ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह पनि आज २.१० प्रतिशत, विकास बैंक २.३४, फाइनान्स २.११, होटल ३.४९, हाईड्रो १.८८, लगानी ३.३९,जीवन बीमा ४.४२, लघुवित्त ४.१०,म्युचुअल फण्ड ०.५८,निर्जीवन बीमा २.६४, अन्य ३.३३ र व्यापार समूह ०.९८ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै शिवम् सिमेन्टको पनि आज ६८ करोड ८३ लाख, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड १ लाख, बुटवल पावरको ५१ करोड ६७ लाख र ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ट्रेड टावर,शिवम् सिमेन्ट,सान्भी इनर्जी,उन्नती सहकार्य लघुवित्त र विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सोनापुर मिनरल्सको सेयरमूल्य ८.७७ प्रतिशत, इन्फिनीटी लघुवित्तको ८.३६ र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो ।  

बोटलर्स नेपाल तराईको सेयरमूल्य आज सर्वाधिक अर्थात २.४६ प्रतिशतले घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज २.१९ र पन्चकन्या माई हाईड्रोको सेयरमूल्य २.०३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.