सोमबार, श्रावण १८,२०८३ 11:39:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:53
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो

नेप्से परिसूचक एक वर्षपछिकै उच्च, ६ कारोबारमा २४८ अंकले बढ्यो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७९ प्रतिशत अर्थात ८०.९७ अंकले बढेर २ हजार ९७३.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८८ प्रतिशतले बढेर ५१६.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै नेप्से परिसूचक आज विगत एक वर्षकै उच्च कायम भएको छ । यसअघि नेप्से परिसूचक २०८१ साउन २९ गते २९६० को विन्दुमा रहेको थियो । त्यसपछि आज बजार २९७३ विन्दुमा पुगेको छ ।  

आजको वृद्धिसँगै नेप्से परिसूचक लगातार ६ दिन बढेको छ । यो अवधिमा नेप्से परिसूचक २४७.९६ अंकले बढेको छ ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले सेयर बजारमा चमक आउनुको मुख्य कारण राष्ट्र बैंकको मौद्रिक नीति हो । त्यस्तै बैंकिङ सुधार आयोगले पूँजीबजारमा कुनैपनि प्रकारको क्याप नलगाउन दिएको सुझावका कारण समेत बजारमा पछिल्लो समय सुधार आईरहेको छ ।’

उनले बैंकहरुको ब्याजदर घट्दा निराश बनेका निक्षेपकर्ताले समेत सेयर बजारमा लगानी गर्नु र बैंकहरुको लाभांश वितरण गर्ने क्षमता बढ्नु जस्ता कारणले पनि सेयर बजारमा सुधार आएको बताए । उनले हालको बढोत्तरीमा दीगोपन रहेको र बजारले सजिलै अल टाइम हाई ब्रेक गर्नसक्ने बताए ।  

अर्का बजार जानकार सरोज भट्टराईले पनि गभर्नरले समयमै लगानीमैत्री मौद्रिक नीति ल्याउनु, नयाँ आर्थिक वर्ष लाग्नु र साना–ठूला सबै खाले लगानीकर्ता बजार प्रवेश गरेका कारण बजार बढेको बताए ।  

उनले साउन अवधिभर बजार बढ्ने र यो वर्षभित्र बजारले अल टाइम हाई ब्रेक गर्ने समेत विश्वास व्यक्त गरे । यद्यपी यो वर्ष दशैं लगायतका चाडपर्व छिट्टै रहेका कारण बजारमा उतारचढाव हुनसक्ने आँकलन भट्टराईले गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाघिक चमक देखियो । यो समूह आज ४.५६ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह पनि आज २.१० प्रतिशत, विकास बैंक २.३४, फाइनान्स २.११, होटल ३.४९, हाईड्रो १.८८, लगानी ३.३९,जीवन बीमा ४.४२, लघुवित्त ४.१०,म्युचुअल फण्ड ०.५८,निर्जीवन बीमा २.६४, अन्य ३.३३ र व्यापार समूह ०.९८ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै शिवम् सिमेन्टको पनि आज ६८ करोड ८३ लाख, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड १ लाख, बुटवल पावरको ५१ करोड ६७ लाख र ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ट्रेड टावर,शिवम् सिमेन्ट,सान्भी इनर्जी,उन्नती सहकार्य लघुवित्त र विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै सोनापुर मिनरल्सको सेयरमूल्य ८.७७ प्रतिशत, इन्फिनीटी लघुवित्तको ८.३६ र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो ।  

बोटलर्स नेपाल तराईको सेयरमूल्य आज सर्वाधिक अर्थात २.४६ प्रतिशतले घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज २.१९ र पन्चकन्या माई हाईड्रोको सेयरमूल्य २.०३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.