बिहीबार, बैशाख ३१,२०८३ 07:12:55
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा समूह चम्कियो, प्रभु इन्स्योरेन्ससहित ६ वटा कम्पनीको सेयरभाउ बढ्यो

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा समूह चम्कियो, प्रभु इन्स्योरेन्ससहित ६ वटा कम्पनीको सेयरभाउ बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ वटा उपसूचक मध्ये आज निर्जीवन बीमा समूह बाहेक सबै समूह राताम्य भएका छन् । निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह ०.९९ प्रतिशतले घटेको छ ।  

निर्जीवन बीमा समूह चम्किदा आज ६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने तथा सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४४ प्रतिशतले बढेर ७७६ रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.८१ प्रतिशत, सानिमा जिआइसीको ०.५६ प्रतिशत, आरबीसीएलको ०.३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.२६ प्रतिशतले सेयरभाउ बढेको छ ।  

यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७२ प्रतिशतले घटेर ५०९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.६७ प्रतिशत, सन नेपाल लाइफको १.६५ प्रतिशत, एशियन लाइफको १.२३ प्रतिशत, आइएमई लाइफको १.१९ प्रतिशत, नेशनल लाइफको १.१८ प्रतिशत, हिमालयन लाइफको १.१० प्रतिशत, रिलायबल नेपाल लाइफको १.०९ प्रतिशत, नेपाल रि को ०.६९ प्रतिशत, एलआइसी नेपालको ०.५९ प्रतिशत, हिमालयन रि को ०.५३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४५ प्रतिशत, सिटिजन लाइफको ०.४२ प्रतिशत, सलिकोको ०.२९ प्रतिशत, शिखरको ०.२७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२७ प्रतिशत र नेपाल लाइफको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.