बुधबार, माघ ७,२०८२ 05:37:51
Bizshala
  • बुधबार, माघ ७,२०८२ 05:37:51
Bizshala
Global IME Bank Limited
Bizshala

दोहोरो अंकको बढोत्तरीसँगै नेप्सेका सबै समूहमा हरियाली, कारोबार एक महिना पछिकै उच्च

दोहोरो अंकको बढोत्तरीसँगै नेप्सेका सबै समूहमा हरियाली, कारोबार एक महिना पछिकै उच्च
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २६.४९ अंकले बढेर २ हजार ७२२.७३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशतले बढेर ४५८.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Bizshala
Garima Development Bank
New Office

आजको कारोबार एक महिनाकै उच्च हो । यसअघि गत फागुन २५ गते १० अर्ब ९ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘राजनीतिक लगायतका विषयले गर्दा लगानीकर्ताको मनोबल बढेसँगे आज सेयर बजार बढेको छ । आज बसेको काङग्रेसको पदाधिकारी बैठकले सरकार तत्काल नढल्ने र गभर्नर छिट्टै नियुक्ती हुने सुनिश्चित गरेकाले बजारमा सकारात्मक माहोल बनेको छ ।’

बैंकहरुमा तरलता प्रयाप्त रहेको अवस्थामा राम्रो गभर्नर आएमा अर्थतन्त्र चलायन हुने देखिएको उनले बताए । मितेरी डेभलपमेन्ट बैंकको रिपोर्ट राम्रो आएसँगै लगानीकर्ताले अन्य बैंकहरुको रिपोर्ट पनि राम्रो आउने अपेक्षा गरेको समेत उनले बताए ।  

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि निरन्तर घटेको बजारमा चैत मसान्तको दबाब सकिएसँगै गभर्नर छिट्टै नियुक्ती हुने जस्ता विषयले आज बजारमा उत्साह आएको बताए । ‘बैंकहरुको ब्याजदर पनि निरन्तर ओरालो लागिरहेको छ । पूँजीगत खर्च बढ्दै गएको छ र तरलता थुप्रिदै गएकाले बजारले गति लिएको छ,’उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । लगानी समूह आज सर्वाधिक अर्थात ३.०३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२६, विकास बैंक १.०९, फाइनान्स ०.७६, होटल ०.१४, हाईड्रो १.१४, जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन ०.०४,लघुवित्त ०.८०,म्युचुअल फण्ड ०.८७,निर्जीवन बीमा १.०८,अन्य ०.३५ र व्यापार समूह ०.८२ प्रतिशतले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन पावर पाटर्नरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ५८ करोड २५ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ६२ करोड ४६ लाख,एचआईडीसीएल ४९ करोड ६१ लाख,ङादी ग्रुप पावरको ३८ करोड १५ लाख र राधी विद्युत कम्पनीको ३७ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो । सम्पदा लघुवित्तको सेयरमूल्य पनि आज ७.०७ प्रतिशत,एचआईडीसीएलको ६.७९ र सुपर मादी हाईड्रोको सेयरमूल्य ६.६८ प्रतिशतले बढ्यो ।

बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज सर्वाधिक अर्थात ४.४६ प्रतिशतले घट्यो । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.