आईतवार, असार १५,२०८२ 09:21:51
  • आईतवार, असार १५,२०८२ 09:21:51
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने एक महिना पछिकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यो कारोबार मंसिर २३ पछिकै उच्च हो । त्यस दिन ७ अर्ब ४६ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल  भन्छन्,  ‘आज बजार घट्नुको मुख्य कारण पुस मासन्तको दबाब हो । यो महिना ब्याज तथा कर तिर्नु पर्ने भएकाले लगानीकर्तालाई सेयर बिक्री गर्न दबाब आएको देखिन्छ ।  

ढकालले आगामी महिनाबाट बजारमा राम्रो सुधार आउने आँकलन गरे । ब्याजदर न्यून हुनु, तरलता फालाफाल र सेयरमूल्य पनि सस्तो भएका कारण बजारले गति लिनेमा उनी ढुक्क देखिए ।  

यस्तै, नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेले पनि पुस मसान्तको दबाबकै कारण आज बजार घटेको बताए । उनले माघ महिनादेखि भने बजारले गति लिने बताए । ‘यो बीचमा सेयर बजारलाई प्रभावित पार्ने कुनै नकारात्मक खबर नआए बजार अर्को सातादेखि बढ्नेछ । लगातार ६ दिन बढेको बजारमा नाफा बुक भएका कारण समेत आज बजारमा दबाब देखिएको हो’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह मात्रै ०.९९ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.९३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४३, विकास बैंक २.०४, हाईड्रो ०.३८,लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त १.२५,म्यचुअल फण्ड ०.२१, निर्जीवन बीमा ०.३४,अन्य ०.४४ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सुपर मादी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४४ करोड ३६ लाख बढीको कारोबार भयो । सिनर्जी पावरको पनि आज २८ करोड १९ लाख, सिन्धु विकास बैंकको २४ करोड ६ लाख,हिमालयन पावरको १९ करोड ८८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बाराही हाईड्रो र हिमालयन पावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो । सिनर्जी पावरको सेयरमूल्य आज ५.६० प्रतिशत,सिन्धु विकास बैंकको सेयरमूल्य ४.७५ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.२३ प्रतिशतले घट्यो । माया खोला हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.४६ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ७.४९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.