बुधबार, असार १०,२०८३ 03:57:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:57:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि,‘सिजनल कारोवारी हाबी हुँदा बढ्यो बजार’

Laxmi Sunrise Bank Limited
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि,‘सिजनल कारोवारी हाबी हुँदा बढ्यो बजार’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात २७.५४  अंकले बढेर २०९२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘हिजो आजको बढोत्तरीलाई सामान्य नै मान्न सकिन्छ । किनकी १८ देखि २१ सयसम्मको वृद्धि सामान्य हो । यो समयमा सिजनल कारोवारी पनि हावी हुने हुँदा बजारमा कारोबार र सूचक दुवै बढ्ने गर्छ । सरकारले बजेट तथा मौद्रिक नीतिमा सुधार गर्दै जाने बताएका कारण आजको कारोबारमा केहि संस्थागत लगानीकर्ताले पनि सेयर उठाएको हुनसक्छ । ’

अर्का बजार जानकार दामोदर गजुरेल बजार सेक्टर परिवर्तन हुँदै चलेको बताउँछन् । ‘केहि सेक्टरमा नाफा बुक हुँदा जलविद्युत क्षेत्रमा आज बढोत्तरी आएको छ । यद्यपी आज सकारात्मक रहेको बजारले केहि दिन अझै निरन्तरता पाउने देखिन्छ ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ५ वटा समूहमा रातो पोतियो । आज बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आ्ज ४.१८ प्रतिशतले बढ्यो ।  

त्यस्तै विकास बैंक समूह ०.४२,होटल ०.३९,हाईड्रो १.३८,लगानी १.८४,म्युचुअल फण्ड १.२४,अन्य ०.५२ र व्यापार समूह २.२३ प्रतिशतले बढ्यो ।  

New Office
CG Motors
Garima Development Bank

आज वित्त समूह ०.५७,जीवन बीमा ०.०८,उत्पादन तथा प्रशोधन ०.५२,लघुवित्त ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशतले घट्यो ।

सबेभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु  

यो दिन पोखरा फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भयो । आज यो कम्पनीको १९ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै आज सिईडिबि हाईड्रोपावरको १८ करोड ८९ लाख,फर्स्ट माईक्रोफाइनान्सको १३ करोड ४८ लाख,साइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड ४२ लाख र एनआईसी एशिया बैंकको ११ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल हाईड्रो,भगवती हाईड्रो र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बाराही हाईड्रोको सेयरमूल्य ९.०९,एनआईसी एशिया बैंक ९.०६,माईखोला हाईड्रो ८.२१ र छ्याङदी हाईड्रोको सेयरमूल्य ७.३५ प्रतिशतले बढ्यो ।  

आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.४० प्रतिशतले घट्यो । यो दिन श्रृजनशिल लघुवित्तको सेयरमूल्य ६.३५,मनकामना स्मार्ट लघुवित्तको ५.७९ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ५.६६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.