बुधबार, असार १०,२०८३ 04:07:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२३ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज सानिमा जिआइसी बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सानिमा जिआइसीको सेयरभाउ भने अघिल्लो दिनकै ७७२ रुपैयाँ कायम भई तटस्थ रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.०४ प्रतिशतले घटेर ९१० रुपैयाँ कायम भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको २.२४ प्रतिशत, युनाइटेड अजोडको १.८५ प्रतिशत, आइएमई लाइफको १.६७ प्रतिशत, नेपाल लाइफको १.५८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.४८ प्रतिशत, सुर्यज्योति लाइफको १.३९ प्रतिशत, हिमालयन लाइफको १.३७ प्रतिशत, सिटिजन लाइफको १.३२ प्रतिशत, एशियन लाइफको १.१९ प्रतिशत, रिलायबल नेपाल लाइपफको १.१७ प्रतिशत, नेशनल लाइफको १.०९ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको १.०१ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको १ प्रतिशत, एलआइसी नेपालको ०.९७ प्रतिशत, सन नेपाल लाइफको ०.९५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.७४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७२ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.६२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.