बिहीबार, बैशाख ३१,२०८३ 07:12:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ

Laxmi Sunrise Bank Limited
५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स सूचक मात्रै बढेको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७१ प्रतिशत र निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ५ वटा बीमा कम्पनीका सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७९ प्रतिशतले बढेर ९११.१० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, रिलायबल नेपाल लाइफको ०.६१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.१५ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.५५ प्रतिशतले घटेर ४७७ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन एभरेष्टको १.५२ प्रतिशत, एलआइसी नेपालको १.३४ प्रतिशत, सगरमाथा लुम्बिनीको १.२० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०९ प्रतिशत, नेपाल लाइफको १.०२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९२ प्रतिशत, हिमालयन लाइफको ०.८४ प्रतिशत, सिटिजन लाइफको ०.७७ प्रतिशत, सानिमा जिआइसीको ०.७४ प्रतिशत, नेशनल लाइफको ०.६६ प्रतिशत र आरबीसीएलको ०.६३ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै नेपाल रि इन्स्योरेन्सको ०.६२ प्रतिशत, आइएमई लाइफको ०.५१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.४५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.४१ प्रतिशत, एशियन लाइफको ०.१७ प्रतिशत र सन नेपाल लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.