आईतवार, भाद्र २३,२०८१ 10:50:23
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:50:23
IME remit
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेशनल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै सूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै सूचक घटेका छन् । जीवन बीमा समूह ०.६१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३४ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज तीनवटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । 

सर्वाधिक नेको इन्स्योरेन्सका सेयरधनीले कमाएका छन् । कम्पनीको सेयरभाउ आज ०.७४ प्रतिशतले बढेर ८०० रुपैयाँ पुगेको छ । यसका साथै एनएलजी इनस्योरेन्सको ०.२७ प्रतिशतले बढेर ७५३ रुपैयाँ र प्रभु इन्स्योरेन्सको ०.२१ प्रतिशतले बढेर ७७० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२८ प्रतिशतले घटेर ५४१ रुपैयाँ कायम भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै, हिमालयन एभरेष्टको १.२१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.१२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९१ प्रतिशत, एशियन लाइफको ०.८६ प्रतिशत, नेपाल लाइफको ०.६५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६४ प्रतिशत, हिमालयन लाइफको ०.६१ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशत, सुर्यज्योति लाइफको ०.४९ प्रतिशत, सन नेपाल लाइफको ०.४८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.४४ प्रतिशत, सानिमा जिआइसीको ०.३८ प्रतिशत, युनाइटेड अजोडको ०.२७ प्रतिशत, आइएमई लाइफको ०.२६ प्रतिशत, एलआइसी नेपालको ०.२२ प्रतिशत र सिटिजन लाइफको ०.१९ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X