सोमबार, कार्तिक २,२०८३ 04:28:15
  • सोमबार, कार्तिक २,२०८३ 04:28:15
Global IME Bank Limited

आज पनि नेप्सेको गिरावट जारी, जानकार भन्छन्,‘असोज मसान्त, दशैं तथा बाढीपहिरोको दबाब’

Bizshala
आज पनि नेप्सेको गिरावट जारी, जानकार भन्छन्,‘असोज मसान्त, दशैं तथा बाढीपहिरोको दबाब’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २३.१० अंकले घटेर २ हजार ४६३.६६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २ लाख ९१ हजार ८९६ कित्ता सेयर ४ अर्ब ४ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘लगातार घटिरहेको बजारमा आज बाढीपहिरोको प्रभाव समेत परेको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजनाहरुको उत्पादन प्रभावित बनेका छन् ।’

यस्तै सत्ता फेरिने त्रासले समेत बजार घटेको उनले बताए । ‘तर अब सरकार परिवर्तनको सम्भावना टरिसकेको छ र बजार २४२० भन्दा तल नजाने देखिन्छ । लगानीकर्ताले घटेर बेच्न नचाहेका कारण कारोबार घटेको हो,’उनले भने ।  

नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले बजारले अझै पनि नीतिगत सुधार खाजेको बताइन् । ‘जोखिमभार घटाउने र व्यक्तिगततर्फको सिमा हटाउने जस्ता नीतिगत सुधार अब लगानीकर्ताले खाजेका छन् । सरकार र अर्थमन्त्री पूँजीबजार प्रति सकारात्मक भएकाले पछिल्लो समय केही अफवाले घटेको बजार पुनः लयमा फर्कने सम्भावना देखिन्छ ।’

बजार घट्नुमा असोज मसान्त र दशैंको प्रभाव पनि रहेको उनले बताइन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै १.०३ अंकले बढ्यो ।  

यो दिन व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.९७ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७४ प्रतिशत, विकास बैंक ०.८९ प्रतिशत, वित्त १.९१, होटल १.४७,हाईड्रो २.३६,लगानी १.४०,जीवन बीमा ०.३१,लघुवित्त ०.१८,म्युचुअल फण्ड १.२१,निर्जीवन बीमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १५ करोड ८८ लाख,सिईडिबि हाईड्रोको १४ करोड ९८ लाख, अपि पावरको १३ करोड ६४ लाख, हिमालयन रि इन्स्योरैनसको १२ करोड ८३ लाख र शिवम् सिमेन्टको ८ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । ईङ्ग्वा हाईड्रोपावर आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीको रुपमा रह्यो । कम्पनीको सेयरमूल्य आज ५.४६ प्रतिशतले बढेर प्रतिकित्ता ५०२ रुपैयाँ कायम  भयो ।  

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य पनि आज ४.४९ प्रतिशत,सोनापुर मिनरल्सको ४.१४ र विजय लघुवित्तको ३.९३ प्रतिशतले बढ्यो ।  

अपर स्याङ्ग्यो हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । अपर हेवाखोलाको मूल्य पनि आज ९.१७ प्रतिशत,मकर जितुमाया सुरी हाईड्रोको सेयरमूल्य ८.८२ प्रतिशत र पाँचथर पावरको सेयरमूल्य ८.२७ प्रतिशतले घट्यो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.