सोमबार, श्रावण १८,२०८३ 11:54:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:46
Bizshala
Global IME Bank Limited

नेप्सेको गिरावट जारी, जानकार भन्छन्, ‘लगानीका लागि उपयुक्त अवसर’

नेप्सेको गिरावट जारी, जानकार भन्छन्, ‘लगानीका लागि उपयुक्त अवसर’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.५२ अंकले घटेर २ हजार ७०८.२५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४६७.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ४ अर्ब ४० करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘सबै विषय सकारात्मक हुँदा हुँदैपनि दुई–तीनवटा कारणले पछिल्लो केही समययता बजार झरिरहेको छ । सेबोनले पैसा राखेर मात्रै सेयर कारोबार गर्न मिल्ने गर्न लागेको व्यवस्था, अन्तिम १५ मिनेटको विषय र आईजीनको विवादले बजार चलायमान हुन सकिरहेको छैन । कारोबारी हाबी भएको बजार साना लगानीकर्ताले स्टपलस गरेको र चाडपर्व नजिकिएकाले समेत बजार घट्न पुगेको हो ।’

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि लगानीकर्ताको मनोविज्ञान कमजोर भएका कारण ठूलो परिणामा पैसा नभित्रिएको बताए । यसैगरी बाफिया र आईजीनको विषयले पनि बजार थप घट्न पुगेको उनको ठम्याई छ ।  

‘लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणमाथि विश्वास नगरेका कारण समेत बजारले गति लिन सकेको छैन । तर मध्यकाल र दीर्घकालका लागि भने राम्रा कम्पनीमा लगानी गर्नु उपयुक्त देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो।  फाइनान्स समूह आज ०.३२, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड समूह ०.४५ प्रतिशतले बढ्यो ।  

बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.६९ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.१७ प्रतिशत, होटल ०.६५, हाईड्रोपावर ०.६७, लगानी ०.५८, जीवन बीमा ०.२०, लघुवित्त ०.१७,निर्जीवन बीमा ०.१५, अन्य ०.३१ र व्यापार समूह ०.२४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ९९ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २७ करोड ४६ लाख, एभरेष्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिष्ट्रलरीको १६ करोड ५ लाख र युनिभर्सल पावरको १३ करोड १ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिमस्टार उर्जाको सेयरमूल्यमा आज ९.९७ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो ।  

यस्तै युनिभर्सल पावरको सेयरमूल्य ५.१२ प्रतिशत, युनियन हाईड्रोको ३.९१ र समृद्धि फाइनान्सको सेयरमूल्य ३.५१ प्रतिशतले बढ्यो ।  

पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.६२ प्रतिशतले घट्यो । विकास हाईड्रोको सेयरमूल्य पनि आज ३.९२ प्रतिशत र ओरियण्टल होटल्सको सेयरमूल्य ३.७० प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.