सोमबार, कार्तिक २,२०८३ 04:28:16
  • सोमबार, कार्तिक २,२०८३ 04:28:16
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल

Bizshala
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ र नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । 

बीमा समूहका दुईवटै उपसचूक घटेको छ । जीवन बीमा समूह २.३५ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.६९ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ५.२३ प्रतिशतले घटेर १७ हजार रुपैयाँ कायम भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, सिटिजन लाइफको ३.७८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.६४ प्रतिशत, नेपाल लाइफको ३.३५ प्रतिशत, आइएमई लाइफको २.८७ प्रतिशत, हिमालयन लाइफको २.८३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.७७ प्रतिशत, सन नेपाल लाइफको २.६२ प्रतिशत, सुर्यज्योति लाइफको २.६२ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५४ प्रतिशत, सगरमाथा लुम्बिनीको २.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.४७ प्रतिशत र नेशनल लाइफको २.३६ प्रतिशतले सेयरभाउ घटेको छ । 

यसका साथै, शिखर इन्स्योरेन्सको २.२० प्रतिशत, हिमालयन रि को २.१४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.०५ प्रतिशत, युनाइटेड अजोडको १.७३ प्रतिशत, हिमालयन एभरेष्टको १.७२ प्रतिशत, एशियन लाइफको १.६१ प्रतिशत, सानिमा जिआइसीको १.४९ प्रतिशत, एलआइसी नेपालको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४३ प्रतिशत, नेको इन्स्योरेन्सको १.३२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६९ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.५२ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को १२ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको १० करोड १ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ७ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.