बुधबार, असार १०,२०८३ 03:58:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:58:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकिङ समूह चम्किदा नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्, ‘एफडीको पैसा सेयरबजारमा आउँछ’

Laxmi Sunrise Bank Limited
बैंकिङ समूह चम्किदा नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्, ‘एफडीको पैसा सेयरबजारमा आउँछ’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.४० अंकले बढेर २ हजार ६८८.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ४५८.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गाना भन्छन्,  ‘आज हाई क्याप कम्पनीहरु समेत चलेका कारण बजारमा अब एउटा स्विङको सम्भावना अवश्य पनि रहन्छ । गभर्नर नियुक्त हुनु र नयाँ मौद्रिक नीति बजारमैत्री हुनसक्ने अपेक्षाका कारण बजार आज सम्हालिएको छ । यद्यपी बजेटमा करको विषयले भने अझै केही दुविधा भने रहेको छ ।’

प्राविधिक रुपमा पनि यदि बजार २७७० भन्दा माथि टिकेमा बजारले अप ट्रेण्ड लिएको मान्न सकिने र यसलाई आइतबारको बजारले थप प्रष्ट पार्ने उनले बताए ।  

अर्का बजार जानकार उपेन्द्र पाठकले पनि हिजोको गभर्नरको अभिव्यक्तिले आज बजार सम्हालिएको बताए । ‘केही निराश लगानीकर्ताको एफडीको पैसा पनि पूँजी बजारमा  आउन सक्ने अधिक सम्भावना देखिन्छ । अब लाभांश खाने बेला भएका कारण एफडीमा भन्दा सेयर बजारमै बढी प्रतिफल मिल्ने देखिन्छ,’ उनले भने ।  

उनका अनुसार आज वाणिज्य बैंकमा कारोबार तथा भोल्युम आउनुले समेत यसलाई पुष्टि गरेको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने अन्य ९ वटा समूहमा रातो पोतियो ।  

बैंकिङ समूह आज सर्वाधिक अर्थात ३.९४ प्रतिशतले बढ्यो । लघुवित्त समूह पनि आज २.६१ प्रतिशत,म्युचुअल फण्ड ०.१७ र निर्जीवन  बीमा समूह ०.०४ प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक घट्यो । यो समूह आज २.७८ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४१ प्रतिशत, फाइनान्स ०.३०,हाईड्रो १.१०,लगानी ०.२२,उत्पादन तथा प्रशोधन ०.६९, अन्य ०.१८ र व्यापार समूह ०.३६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६९ करोड १ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै राधी विद्युत कम्पनीको ६० करोड ७१ लाख,कुमारी बैंकको ४२ करोड ६३ लाख, युनिभर्सल पावरको ४० करोड ८२ लाख र माउन्टेन इनर्जीको ३४ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएमा मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै एनआईसी एशिया बैंकको ८.११ प्रतिशत, फर्वार्ड माइक्रोफाइनान्सको ८.०६, कुमारी बैंकको ६.५३ र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ५.९७ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.