Bizshala
  • बिहीबार, पुष १७,२०८२ 11:49:32
Bizshala
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बृद्धि भएका छन् ।

बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.२९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०४ प्रतिशतले बढेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.९३ अंकले बढेर ५४४.६० रुपैयाँ पुगेको छ । 

CG Motors
Bizshala
Garima Development Bank

त्यस्तै, हिमालयन लाइफको ३.४० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.२४ प्रतिशत, हिमालयन रि को २.६४ प्रतिशत, नेपाल लाइफको २.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.३८ प्रतिशत, सानिमा जिआइसीको २.३१ प्रतिशत, एशियन लाइफको २.२५ प्रतिशत, सिटिजन लाइफको २.०४ प्रतिशत, सन नेपाल लाइफको १.९९ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.९० प्रतिशतले सेयरभाउ बढेको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यसका साथै सुर्यज्योति लाइफको १.८० प्रतिशत, रिलायबल नेपाल लाइफको १.७७ प्रतिशत, आइएमई लाइफको १.७० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५९ प्रतिशत, नेशनल लाइफको १.४३ प्रतिशत, एलआइसी नेपालको १.४३ प्रतिशत, हिमालयन एभरेष्टको १.२९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२६ प्रतिशत, नेको इन्स्योरेन्सको १.०६ प्रतिशत, युनाइटेड अजोडको १.०६ प्रतिशत, आरबीसीएलको १.०१ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.८१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.४१ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.