आईतवार, भाद्र २३,२०८१ 10:48:37
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:48:37
IME remit
Global IME Bank Limited

लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’

Hyundai Nepal
लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ३७८.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । यससँगै सेयर बजार लगातार ५ दिन बढेको छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन् ‘आज बजार बढ्नुमा नयाँ राजनीतिक समीकरण र फालाफाल तरलता मुख्य कारण हो । बजार डिसेम्बरदेखि नै बुलमा थियो र अहिले बिस्तारै सेक्टर रोटेशन गर्दै माथि लाग्दै छ ।’

यो वृद्धि २२ सय विन्दभन्दा माथि टिक्न सक्ने पौडेलले बताए । ‘प्राविधिक रुपमा पनि भोल्युमसहित म्याक्डीमा जिरो लाइनमाथि बुलिस बनेको छ । यसकारण टेक्निकल्ली पनि बजार  बुलिस नै देखिन्छ ’ उनले भने ।  

यस्तो बेला सोझा लगानीकर्ताहरु नराम्रा लो क्यापबाट राम्रा कम्पनी सिफ्ट हुनुपर्ने उनले सुझाव दिए । राजनीतिक र आर्थिक अनुकलताका कारण बजार बढेको उनले तर्क गरे । 

अर्का बजार जानकार मशहेश रिजाल भन्छन्,‘असार मसान्तको दबाव सकिदै जानु, नयाँ राजनीतिक समीकरण बन्नु र केहि नीतिगत परिवर्तन हुन सक्ने जस्ता कारणले स्मार्ट मनि बजार पस्दा नेप्से बढेको हो ।’

रिजालको विचारमा पनि यो बढोत्तरी २२ सय माथि टिक्न सक्ने देखिन्छ ।    

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटामा हरियाली छायो भने अन्य ३ वटामा रातो पोतियो । आज होटल समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.९६ प्रतिशतले बढ्यो । साथै,आज बैंकिङ समूह ०.७८ प्रतिशत,हाईड्रो ०.०१, लगानी १.८५,जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन १.१७,लघुवित्त १.४६,म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा १.३२ र अन्य समूह २.२५ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह,वित्त समूह र व्यापार समूहमा गिरावट आयो । यी समूहहरु क्रमशः०.२४,२.०७ र २.२३ प्रतिशतले ओरालो लागे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २१ करोड ७१ लाख बढीको सेयर कारोबार  भयो । साथै आज हिमालयन रि इन्स्योरेन्सको १५ करोड ५० लाख,सिईडिबि हाईड्रोको १३ करोड ८७ लाख,गूडविल फाइनान्सको ११ करोड ५९ लाख र सानिमा जीआईसीको ११ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेन । आज सिइडिबि हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.२५ प्रतिशतले बढ्यो । यो दिन नेशनल लघुवित्तको सेयरमूल्य ५.०९ प्रतिशत,फर्वार्ड माईक्रोफाइनान्सको ५.०५ र निफ्राको सेयरमूल्य ५.०३ प्रतिशतले बढ्यो ।  

आज मैलुङ खेोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।  

यस्तै आज गूडविल फाइनान्सको सेयरमूल्य ६.६२ प्रतिशत,आईसीएफसी फाइनान्सको ४.१८ र अपर शोलु हाईड्रोको सेयरम्रूल्य ३.९० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X