सोमबार, कार्तिक २,२०८३ 04:31:06
  • सोमबार, कार्तिक २,२०८३ 04:31:06
Global IME Bank Limited

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Bizshala
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । 

जीवन बीमा समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले घटेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । गार्डियन माइक्रो लाइफको ०.७३ प्रतिशत, आरबीसीएलको ०.३७ प्रतिशत र हिमालयन एभरेष्टको ०.२० प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले घटेर १३५०.१० रुपैयाँमा कायम भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.७७ प्रतिशत, नेको इन्स्योरेन्सको १.१३ प्रतिशत, एनएलजीको ०.१५ प्रतिशत, प्रभुको १.१३ प्रतिशत, सलिकोको ०.३० प्रतिशत, सानिमा जिआइसीको ०.२१ प्रतिशत, शिखरको १.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.९९ प्रतिशत, युनाइटेड अजोडको १.२८ प्रतिशत, हिमालयन रि को ०.३५ प्रतिशत र नेपाल रि को ०.७१ प्रतिशतले घटेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै एयिशन लाइफको ०.७० प्रतिशत, सिटिजन लाइफको ०.५६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.७६ प्रतिशत, हिमालयन लाइफको ०.२७ प्रतिशत, आइएमई लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको १.२७ प्रतिशत, नेपाल लाइफको ०.८८ प्रतिशत, नेशनल लाइफको १.४४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९२ प्रतिशत, सूर्यज्योति लाइफको ०.४६ प्रतिशत, सन नेपाल लाइफको ०.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.६५ प्रतिशतले घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.