मंगलवार, बैशाख ९,२०८२ 05:49:16
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 05:49:16
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली

Hyundai Nepal
नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.८६ अंकले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ४५०.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आजको बजारबारे नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,  ‘यतिबेला सेयर बजारमा लगानीकर्ताको सेन्टिमेन्टले प्रभाव पारेको छ । अर्थमन्त्री पनि बजारको विषयमा सकारात्मक देखिएका छन् । पछिल्लो समय ब्याजदर पनि घट्दो क्रममा छ । यस्तै लगानीकर्ता राष्ट्र बैंकका गभर्नरको बहिर्गमनको प्रतिक्षामा छन् ।’

लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा भएको र मौद्रिक नीतिको समीक्षामा क्याप खारेजको प्रतिक्षामा समेत रहेको उनले बताइन् ।  

अर्का बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘दुई दिन यता बजार घट्न रोकिएको जस्तो देखिएको छ । लगानीकर्तामा मनोबलको अभावका कारण बजारमा अहिले साइवेज चलिरहेको छ । मौद्रिक नीतिमा लघुवित्त कम्पनीहरुका लागि र मार्जिन कर्जालाई खुकुलो पार्ने नीति अबलम्बन गरिने अपेक्षा लगानीकर्ताको छ । ’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.५६ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.३३, लगानी १.२२ र जीवन बीमा ०.४८ प्रतिशतले बढ्यो ।  

व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ०.९१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०९ प्रतिशत,होटल ०.६३,हाईड्रो ०.०४,उत्पादन तथा प्रशोधन ०.३१,लघुवित्त ०.११,म्युचुअल फण्ड ०.०९,निर्जीवन बीमा ०.०३ र अन्य समूह ०.४७ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३९ करोड ६० लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङग्सको पनि आज ३७ करोड ६७ लाख,रिभर फल्स पावरको ३१ करोड ४९ लाख,न्यादी हाईड्रोको ३० करोड ४ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ८.०२ प्रतिशत,न्यादी हाईड्रोको ७.५९ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.४६ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्त र सुपर मादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । यी दुवै कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्दै लोअर सर्किट लाग्यो । यो दिन रसुवागढीको सेयरमूल्य पनि आज ९.३० प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ४.८३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.