बिहीबार, बैशाख ३१,२०८३ 07:09:56
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

Laxmi Sunrise Bank Limited
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ज्ञ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । 

बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूह १.३९ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । एनएलजी इन्स्योरेन्सको सेयरभाउ ०.१५ प्रतिशतले बढेर १३०१ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ०.०४ प्रतिशतले बढेर ५५०.१० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ३.२६ प्रतिशतले घटेर ७४४.९० रुपैयाँ कायम भएको छ । यसका साथै हिमालयन एभरेष्टको ३.११ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.९३ प्रतिशत, नेको इन्स्योरेन्सको २.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.२४ प्रतिशत, हिमालयन रि को २.१८ प्रतिशत, आइएमई लाइफको २.११ प्रतिशत, नेपाल लाइफको १.९८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.९८ प्रतिशत, युनाइटेड अजोडको १.९२ प्रतिशत, सिटिजन लाइफको १.८० प्रतिशत, सानिमा जिआइसीको १.७६ प्रतिशत र सुर्यज्योति लाइफको १.६९ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, सन नेपाल लाइफको १.६७ प्रतिशत, एशियन लाइफको १.३४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.१४ प्रतिशत, हिमालयन लाइफको १.१३ प्रतिशत, सगरमाथा लुम्बिनीको १.०६ प्रतिशत, नेशनल लाइफको १.०३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८० प्रतिशत, एलआइसी नेपालको ०.२५ प्रतिशत र आरबीसीएलको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज तीनवटा बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १८ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १७६ करोड ५९ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.