सोमबार, कार्तिक २,२०८३ 04:35:01
  • सोमबार, कार्तिक २,२०८३ 04:35:01
Global IME Bank Limited

नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो

Bizshala
नेप्से परिसूचक २७ सय विन्दु तल, कारोबार १ अर्ब बढीले घट्यो
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘आजको बजार हेर्दा घट्ने क्रम रोकिएको र सेयर एक्युमुलेशन चलेको देखिन्छ । यद्यपी बजार यही कारण माथि जान भने सकेन । नयाँ गभर्नर आएसँगै नयाँ वर्षबाट बजारले नयाँ गति लिनेछ ।’

उनले आज किन्ने र बेच्ने दुवै समूह पर्ख र हेरको अवस्थामा बस्दा बजार बढ्न नसकेको बताए ।  

अर्का बजार जानकार अर्जुन थापाले पनि राजनीतिक विषयका कारण लगानीकर्ता अन्यौलमा रहेका कारण बजारले गति लिन नसकेको बताउछन् । ‘१५ गतेदेखि माओवादी र राजावादीको आन्दोलनका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन्,’ उनले भने ।  

उनले कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनपश्चात बजारमा सुधार आउने आँकलन गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.११ प्रतिशतले बढ्यो ।  

जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१४ प्रतिशत,विकास बैंक ०.४२,वित्त ०.१७, होटल ०.३६,हाईड्रो ०.१७,लगानी ०.४२,उत्पादन तथा प्रशोधन ०.२३,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ११ लाख बढीको कारोबार भयो । घलेम्दी हाईड्रोको पनि आज २२ करोड ७२ लाख,नेपाल पुनर्बीमाको १८ करोड ३ लाख,एलआईसी नेपालको १६ करोड ७५ लाख र नारायणी डेभलपमेन्ट बैंकको १३ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मिथिला लघुवित्त र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अपर सोलु हाईड्रोको सेयरमूल्य आज ७.७८ प्रतिशत,भूगोल इनर्जीको ७.२८ र पाँचथर पावर कम्पनीको सेयरमूल्य ४.१८ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.२१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.