बिहीबार, बैशाख ३१,२०८३ 07:15:14
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि

Laxmi Sunrise Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा कायम भएको छ । नेप्से सूचीकृत ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूह बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक भने आज घटेको छ । 

जीवन बीमा उपसूचक १.१० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६७ प्रतिशतले घटेको छ । आज ३ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७१ प्रतिशतले बढेर ८२५ रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ०.३७ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६० प्रतिशतले घटेर ८३२ रुपैयाँ कायम भएको छ । 

Bizshala
New Office
CG Motors

यसका साथै प्रभु महालक्ष्मी लाइफको २.०८ प्रतिशत, सिटिजन लाइफको २.०२ प्रतिशत, एशियन लाइफको १.९८ प्रतिशत, सगरमाथा लुम्बिनीको १.९३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.८४ प्रतिशत, नेशनल लाइफको १.८२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५३ प्रतिशत, नेपाल लाइफको १.४६ प्रतिशत, सन नेपाल लाइफको १.४४ प्रतिशत र सानिमा जिआइसीको १.४३ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, युनाइटेड अजोडको १.०६ प्रतिशत, हिमालयन एभरेष्टको ०.७८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६८ प्रतिशत, एलआइसी नेपालको ०.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३२ प्रतिशत, हिमालयन लाइफको ०.२३ प्रतिशत र आइएमई लाइफको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.