आईतवार, कार्तिक १,२०८३ 07:22:33
  • आईतवार, कार्तिक १,२०८३ 07:22:33
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको सुधार, एउटा बाहेक सबै समूहमा हरियाली

Bizshala
सेयरबजारमा दोहोरो अंकको सुधार, एउटा बाहेक सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.०१ प्रतिशत अर्थात २७.४९ अंकले बढेर २ हजार ७४५.६५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.६९ प्रतिशतले बढेर ४६७.३३ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २८ करोड ६८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय बजारमा देखिएका वेथितिका कारण बजार घट्दै गएको छ । नियामक निकाय, ब्रोकर र केही ठूला लगानीकर्ताको मिलेमतोमा आफ्नो स्वामित्वमा रहेको कम्पनीको फेक ट्रयान्जेक्सन देखाएर सर्वसाधारण तथा सोझा लगानीकर्तालाई फसाउने काम भइरहेको थियो । बजारमा देखिएका त्यस्ता बेथितिलाई रोक्न नयाँ सरकारले पहल गर्दा ठूला व्यवसायी वा लगानीकर्ताहरु क्रसित भएका छन्, जसकारण भोल्युम न्यून विन्दुमा आइसकेको छ ।’

उनले भने, ‘साथै केही समूहले कानूनलाई मिचेर डबल आइजीन नमान्ने र संस्थापक सेयरलाई गुपचुप रुपमा सर्वसाधारण मिसाउने खेलले अहिले बजार खस्किनुको कारण बनेको छ । साथै नेप्सेले कोल्याटरल लिमिटमा ल्याएको व्यवस्थाले गर्दा पनि त्यस्ता ठूला लगानीकर्ता वा व्यवसायीलाई धक्का पुगेको छ । अहिले बजारमा फेक ट्रयान्जेक्सन नदेखिदा रियल कारोबारले मात्रै भोल्युमको सााइज सानो देखिएको मात्रै हो । बजारमा रियल इन्भेष्टरहरुले अहिले सेयर बेचेका छैनन् र किन्ने आँट पनि गरिरहेका छैनन् । सम्भवतः अब रियल कारोबार मात्रै बजारमा देखिदै जाँदा विस्तारै लगानीकर्ताको सक्रियता बढ्दै जान्छ र कारोबार रकम बढ्दै जानेछ ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.८७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६७ प्रतिशत, प्रतिशतले बढ्यो । यस्तै विकास बैंक ०.९५, होटल १.४८, हाईड्रो १.७१,लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, लघुवित्त ०.१६, म्युचुअल फण्ड ०.५५, निर्जीवन बीमा १.५२ र अन्य १.१३ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज अपरिवर्तित रह्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज होटल फरेष्ट इनको सर्वाधिक अर्थात १३  करोड ८६ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख, सोलु हाईड्रोको १२ करोड ३ लाख र ङादी ग्रुप पावरको ११ करोड ६३ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज त्रिशुली जलविद्युतको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो ।

यस्तै होटल फरेस्ट इनको सेयरमूल्य ७.९० प्रतिशत, सूर्यकुण्ड हाईड्रोको ६.१२ र पियोर इनर्जीको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो ।  

यो दिन स्वावलम्बन लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.५४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.