सोमबार, कार्तिक २,२०८३ 04:29:54
  • सोमबार, कार्तिक २,२०८३ 04:29:54
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘ग्रे लिस्टको प्रभाव बजारमा पर्दैन’

Bizshala
दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘ग्रे लिस्टको प्रभाव बजारमा पर्दैन’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.६६ अंकले बढेर २ हजार ७५५.४० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले बढेर ४५८.६४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन् ,‘ आज कारोबारको पहिलो प्रहरमा ५२ अंकले बजार घटाएर लगानीकर्ता अत्ताएर सेयर खोस्न खोजिएको थियो । तर बजारले अन्तिममा भने लय लिएको छ । लामो अवधिमा भने बजार बढ्ने नै हो । मौद्रिक नीतिको समीक्षा नराम्रो आउने देखिदैन,८ प्रतिशत ब्याजदरमा पैसा फालाफाल पाइएको छ, बजार तल्लो लेभलमा छ र नयाँ गर्भनर आउदै गर्दा एफएटीएफको ग्रे लिस्टबाट आत्तिनु पर्ने देखिदैन ।’  

अर्थशास्त्री सूर्यनारायण पौडेलले पनि कारोबारको पहिलो प्रहरमा लगानीकर्तालाई अत्ताएर सेयर खोस्ने काम भएको बताए । उनको विचारमा पनि ग्रे लिस्ट र सेयर बजारको खासै सम्बन्ध नहुने भएकाले पूँजी बजारमा यसको खासै प्रभाव नपेर्न देखिन्छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ३.७२ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०३ प्रतिशत,लगानी १.३३, जीवन बीमा ०.८६,उत्पादन तथा प्रशोधन २.७८,म्युचुअल फण्ड ०.०२ र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.३२ प्रतिशतले घट्यो । विकास बैंक समूह आज ०.४८ प्रतिशत,वित्त ०.४५, होटल ०.५०,हाईड्रो ०.५६ र लघुवित्त समूह ०.६६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९५ करोड ६४ लाख बढीको कारोबार भयो । सिटिजन लाइफको पनि आज ६१ करोड ४८ लाख,नेपाल पुनर्बीमाको ६० करोड २९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ र कुमारी सबल योजनामा अपर सर्किट लाग्यो । छ्याङदी हाईड्रोको सेयरमूल्य आज ८.०२ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ७.२९ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ७.०५ प्रतिशतले बढ्यो ।  

रिलायन्स फाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.२४ प्रतिशतले घट्यो । यो दिन उपकार लघुवित्तको सेयरमूल्य पनि ६.७९ प्रतिशत,पिपुल्स हाईड्रोको ६.०२ र अपर हेवाखोलाको सेयरमूल्य ५.२३ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.