आईतवार, असार २१,२०८३ 05:17:40
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:17:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँच बीमा कम्पनीका लगानीकर्ताले मात्रै कमाए, हिमालयन एभरेष्टको सेयरभाउ सर्वाधिक घट्यो

Laxmi Sunrise Bank Limited
पाँच बीमा कम्पनीका लगानीकर्ताले मात्रै कमाए, हिमालयन एभरेष्टको सेयरभाउ सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा सूचक ०.५१ प्रतिशत र निर्जीवन बीमा सूचक ०.८७ प्रतिशतले घटेको छ ।  

आज बीमा समूह राताम्य भएपनि ५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरभाउ बढ्ने बीमा कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.५८ प्रतिशतले घटेर ५२१.५० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफको ०.३६ प्रतिशत, एलआइसी नेपालको ०.२९ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ ।  

यसका साथै आज अधिकांश बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.४१ प्रतिशतले घटेर ५६८ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, आइएमई लाइफको १.८२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.५९ प्रतिशत, युनाइटेड अजोडको १.४८ प्रतिशत, एनएलजीको १.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.३७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.२३ प्रतिशत, नेशनल लाइफको १.२० प्रतिशत, रिलायबल नेपाल लाइफको १.१७ प्रतिशत, हिमालयन रि को १.०१ प्रतिशत, नेको इन्स्योरेन्स, सानिमा रिलयान्स लाइफ र सिटिजन लाइफको ०.८८ प्रतिशत, सलिकोको ०.८४ प्रतिशत, शिखरको ०.७९ प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत, सानिमा जिआइसीको ०.४१ प्रतिशत, नेपाल लाइफको ०.३४ प्रतिशत र एशियन लाइफको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीमा आज सुर्यज्योति लाइफ र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सुर्यज्योति लाइफको १० करोड ५१ लाख रुपैयाँ र हिमालयन रि को ५ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.