काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।
जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ । आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४१ प्रतिशतले बढेर ८८९ .९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ०.४७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशत, सलिकोको ०.६१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.१६ प्रतिशत, नेशनल लाइफको ०.८२ प्रतिशत, सूर्यज्योति लाइफको ०.५५ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३८ प्रतिशतले घटेर ४३० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.५७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, एनएलजीको ०.४३ प्रतिशत, आरबीसीएलको ०.७५ प्रतिशत, सानिमा जिआइसीको ०.८० प्रतिशत, शिखरको ०.४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४६ पश्रतिशत, युनाइटेड अजोडको ०.२१ प्रतिशत र नेपाल रि को ०.२१ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.४७ प्रतिशत, सिटिजन लाइफको १.२३ प्रतिशत, गार्डियन माइक्रो ०.०१ प्रतिशत, हिमालयन लाइफको ०.६३ प्रतिशत, आइएमई लाइफको ०.९२ प्रतिशत, एलआइसी नेपालको ०.८९ प्रतिशत, नेपाल लाइफको ०.१४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१७ प्रतिशत, सन नेपाल लाइफको ०.६५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५६ प्रतिशतले घटेको छ ।

